• १० असार २०८३, बुधवार
  • २८ °C काठमाडौं
यूनिक नेपाल राजापुरको रक्तदानमा ५३ पिन्ट रक्त संकलन

केशव कोईराला, राजापुर (बर्दिया) । यूनिक नेपाल बर्दियाको आयोजना तथा स्वयंसेवी रक्तदाता समाज बर्दियाको समन्वयमा शनिवार यूनिक नेपाल केन्द्रिय कार्यालय जोतपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रम ५३ जनाले रक्तदान गरेका छन् । रगत अभाव भैरहेका बेला ५३ पिन्ट रक्त संकलन गरिएको छ ।

रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको यूनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले बताउनु भयो । संकलित रगत जिल्ला रेडक्रस बर्दियालाई हस्तान्तरण गरिएको छ । 

पछिल्लो समय सिकलसेल एनीमियाका बिरामी, दुर्घटनाका घाइते र सुत्केरीहरुलाई रगत अत्यावश्यक पर्ने हुँदा थोरै भएपनी मागको परिपुर्तिगर्न संकलित रगत काम लाग्ने अपेक्षा गरिएको स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुङ्गानाले बताउनुभयो । रक्तदान गर्नेहरुमा नेपाल प्रहरी, स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधी, कर्मचारी, पत्रकार लगायत थिए ।

सम्बन्धित समाचार

Facebook Comments