• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
बाँकेको नेपालगञ्जमा नेकपाको उत्पादन र समाजवाद बिषयक अन्तरक्रिया

नेपालगञ्ज, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको आयोजनामा बाँकेको नेपालगन्ज स्थित उद्योग बाणिज्य संघको हलमा “उत्पादन र समाजवाद“ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य संगम सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा स्थायी समिती सदस्य तथा केन्द्रिय स्कुलिङ्ग बिभाग इन्चार्ज भरत सी ’रणवीर’ ले गर्नु भएको थियो । 

कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथीले आजको विश्व पुँजिवादमा अनुत्पादक र दलाल चरित्र  भएकोले समस्या बनेको बताउनु भएको छ । पछिल्लो समय नेकपाले ज्ञान र बस्तु दुइटै उत्पादनमा जोड दिएको प्रष्टपार्दै समाजवादी राज्य ब्यबस्थामा आत्मनिर्भर र अन्तरनिर्भर अर्थ ब्यबस्था लागू हुने बताउनु भयो । गृहयुद्ध राष्ट्रिय युद्धमा विकासहुदै गैरहेतापनि जनयुद्ध पुर्ण हुन नसकेकोभन्दै नेपालमा शान्ति ल्याउने हो भने समाजवाद ल्याउनै पर्ने जिकिरगर्दै समाजवादमा जाने हो भने उत्पादन अपरिहार्य भएको ठोकुवा गर्नुभयो ।

नेकपाले तयार पारेको ’उत्पादन र समाजवाद’ बिषयक कार्यपत्रलाई कार्यक्रमका अतिथि आस्था सीले प्रस्तुत गरेपछी बक्ता भुवन गैरेले “कम्युनिस्ट पार्टीमा लागेका र परिवर्तनको आफ्नो सर्बस्व त्याग्न सक्ने मान्छेहरु सत्ताको सानो स्वार्थ पाउने बित्तिकै भ्रस्टाचारमा लिप्त भएर सिद्दिने गरेको स्मरण गराउँदै त्यसको दार्शनिक रुपमै समाधान खोज्नुपर्ने बताउनु भयो । उत्पादन गर्ने बस्तुको लागतभन्दा आयातीत बस्तु सस्तो पर्न जाने कुरामा बहस चलाउनु पर्ने उहाँको भनाई थियो । पाका कम्युनिस्ट भुपेन्द्र प्रसाद शर्माले बर्तमान सत्तासिन कम्युनिस्टलाई व्यंग्यगर्दै ’तिमिलाई किन चाहियो रास्ट्रवाद’ शीर्षकको कविता बाचन गर्नु भएको थियो । सहभागी बक्ताहरुले नेकपाले अन्तरक्रियाको माध्यमबाट बिचारधारात्मक राजनैतिक मन्थन गराएकोमा धन्यवादसँगै खुशी ब्यक्त गरेका थिए । 

कार्यक्रमको अतिथिहरुमा नेकपा पोलिट ब्यूरो सदस्य आस्था सी, पीवीएम तथा अनेमसंघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु सी, नेकपा केन्द्रिय सदस्य सिंघम सी, प्रबास ब्यूरो सदस्य तथा जिल्ला सेक्रेटरी महेन्द्र सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य दीपक शाही, नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य तारा खत्री, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक मेघराज सुनार, रास्वपाका उपमहानगर प्रशिक्षण बिभाग इन्चार्ज पवन गौतम, बाँके जिल्ला शिक्षा अधिकारी सुरेश यादव, अडिट एसोसिएसनका अध्यक्ष भुवन प्रसाद गैरे र नेपालगन्जका पुराना कम्युनिस्ट भुपेन्द्र प्रकाश शर्मा लगायत बिशिष्ट अतिथीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो । नेकपा केन्द्रिय सदस्य एबम बर्दिया इन्चार्ज हिमशिखर सीले संचालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य नारायण सीले स्वागत मन्तब्य राख्नु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments