बर्दियाका उत्कृष्ट कार्यालय प्रमुख बने अस्पताल प्रमुख पाण्डे
गुलरिया, २६ माघ । बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर सुभाष पाण्डेय जिल्लाकै उत्कृष्ट कार्यालय प्रमुख घोषणा भएका छन् । बर्दियाका कार्यालय प्रमुखहरुको वैठकको निर्णय अनुसार पाण्डेयलाई उत्कृष्ट घोषित गरिएको हो ।
कार्य सम्पादनको आधारमा कार्यालय प्रमुखहरुको वैठकले निर्णयगर्दै अस्पताल प्रमुख डा पाण्डेयलाई उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलद्वारा हस्ताक्षरित प्रमाणपत्रमा उल्लेख गरिएको छ । पाण्डेयले बर्दिया अस्पतालको पूर्वाधार विकास, सेवा प्रवाह लगायत कर्मचारी नियन्त्रण प्रणालीलाई चुस्त राख्दै आएका छन् ।
पुष महिनामै पाण्डेले बर्दिया अस्पताललाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड ०८० दिलाएका छन् । यसका साथै पाण्डेले आफ्नो कार्यकालमा धेरै पटक बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशकै उत्कृष्ण बनाई पुस्कृत समेत गराउँदै आएका छन् । चिकित्सक अभावका कारण जनताले चाहेजस्तो सेवा प्रवाह अझै हुन नसकेको प्रमुख डा पाण्डेले चुरेकुञ्जलाई बताए ।
Facebook Comments