• २ भदौ २०८३, मङ्गलवार
  • २८ °C काठमाडौं
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, १० असार । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments