• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
मानव वन्यजन्तु असमझदारी रोकथामका लागि विज्ञ सहितको टोली बर्दियामा

बिष्णु अधिकारी, १२ असार, बर्दिया । मानव वन्यजन्तु विचको असमझदारी न्यूनिकरणका लागि विज्ञ सहितको टोलि बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्धारामा आएको छ । बर्दियाको मानव र वन्यजन्तु वीचको असमझदारी बढ्दै जादा मानवीय, कृषि, पशुचौपाया क्षतिका कारण स्थानीयहरु दिनानुदिन पिडित बन्दै गइरहेका छन् ।

मानव र वन्यजन्तु विचको द्धन्द घट्नु पर्नेमा बढ्दै गएपछि कसरी असमझदारी घटाउने भन्ने विषयमा विज्ञ सहितको टोलीले सरोकारवाला तथा स्थानीयहरुसँग छलफल गरि रहेको छ । बसाई सराईका क्रममा वन्यजन्तुको क्षेत्रमा मानवीय वस्ती बस्दा वन्यजन्तु र मानव विच एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्दा मानवीय तथा भौतिक क्षति हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बताए । वन्यजन्तु स्वभावले नै जंगलमा बस्न रुचाउने तर कहिलेकाही जंगलसँग जोडिएको मानवीय बस्ती हुदाँ तथा मानव वन्यजन्तु क्षेत्रमा प्रवेश गर्दा द्धन्द हुने गरेको छ ।

जंगलमा रहने जनावरहरु सबै एकै स्वभावका नहुने हुदाँ उनीहरुका विच त द्धन्द हुन्छ भने हामी फरक परिवेशमा वस्ने मानवसँग स्वभाव नमिल्ने भएका कारण पनि मानव वन्यजन्तु विच द्धन्द बढिरहेको आचार्यले जानकारी गराए । स्थानीय सरकारलाई सबै सामुदायिक वन, मध्यवर्ती क्षेत्रको व्यवस्थापकिय अधिकार २०७४ मा जारि भएता पनि नियामावली समयमा बन्न नसक्दा स्थानीय सरकार र निकुञ्जका विच बेलाबेलामा द्धन्द हुँदा दुबैले आ–आफ्नो किसिमले काम गर्न नसकेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलक लम्सालले औल्याए । कर्णालीको पानि बग्ने भंगालोमा नदिजन्य पदार्थ ७ लाख घनमिटर आएर थुप्रिएको छ तर नियमावलीले कसरी हटाउने भन्ने विषमा प्रष्ट नबोलेको हुदा नदिजन्य पदार्थ नहटाएका कारण मानव तथा वन्यजन्तुलाई पानिको अभाव भएको नगर प्रमुख लम्सालले बताए ।

वन्यजन्तु बसोबास गर्ने क्षेत्रमा पानिको मुहान थुनिएका कारण पानिको खोजीमा बस्ती तर्फ वन्यजन्तु प्रवेश गरी मानव वन्यजन्तु द्धन्द सिर्जना हुने भएकाले यसतर्फ पनि ध्यान दिन विज्ञ सहितको टोलीलाई उनले सुझाए । मुख्यतया बर्दिया जिल्लामा बाघ, हात्ति, चितुवा लगाएतका वन्यजन्तुहरुका कारण द्धन्द बढ्दो छ । वन्यजन्तु बढ्दोक्रममा रहेको तर वासस्थान यथावत र अव्यवस्थित हुदै जाँदा समस्या थप बढ्ने देखिन्छ । वन्यजन्तु र मानव विच हुने द्धन्दमा घाइतेको उपचार तथा राहतमा राज्यले खर्च गरेको बराबरको रकम वन्यजन्तु व्यवस्थापनमा खर्च गर्न नसक्दा समस्या बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताएकी छिन् ।

संरक्षणका लागि तिनै तहको सरकारको महत्वपुर्ण भूमिका हुन्छ भन्ने कुरा भाषणमा मात्र सिमित रहनु, वन्यवन्तु व्यवस्थापनका लागि र।ज्यले लगानी बढाउन सकेन भने क्षति बढ्दै जाने धारणा प्रजिअ शर्माले राखेकी छन् । मानव वन्यजन्तु सहअस्तित्व उद्घाटन समारोहमा बाँसगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्का, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट तथा सरोकारवाला निकायका व्यक्तिहरुले मानवले वन्यजन्तुलाई सही व्यवस्थापन र नियन्त्रण गर्न सकिने भएकाले एक्लै यस्को सही व्यवस्थापन गर्न गाहे हुने भएकाले सबैको सकारात्मक सोचका साथ कार्य अगाडी बढाएमा द्धन्द न्युनिकरण गर्न कठिन नहुने सुझाएका थिए । बर्दियाको ठाकुरद्वारामा बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति कोष बर्दिया संरक्षण कार्यक्रमको संयुक्त आयोजनामा गरिएको कार्यशाला दुई दिनसम्म चल्ने छ ।

सम्बन्धित समाचार

Facebook Comments