• ५ साउन २०८१, शनिवार
  • २८ °C काठमाडौं
बर्दियाका प्रमुख जिल्ला अधिकारीद्वारा कर्णाली नदीको अनुगमन

केशव कोईराला, १२ असार, राजापुर (बर्दिया) । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार राजापुर क्षेत्रका कार्यालय तथा बिभिन्न स्थानको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । यस क्षेत्रको समग्र अवस्था बुझ्ने उद्देश्यले अनुगमन निरिक्षण गर्नु भएको हो । 

राजापुर नगरपालिका समेत पुग्नु भएकि प्रजिअ शर्माले राजापुर नगरपालिका प्रमुख दिपेश थारु, उप प्रमुख मनकला कुमारी चौधरीसँग यहाँको समग्र अवस्था एवं शान्ती सुरक्षा बारे जानकारी लिनुभयो । यसका साथै राजापुर वडा नम्बर ४ कार्यालय सँगै रहेको स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको  निरिक्षण गर्दै प्रजिअ शर्माले बिपदको बेलामा उद्दार गर्न आवश्यक पर्ने सामग्री प्रर्याप्त भए नभएको जानकारी लिनुभयो । 

बिपद प्रतिकार्यको लागी स्थानिय स्तरमा सूचना संकलन गर्ने बिधि र समुदायमा प्रवाहको प्रकृया बारे समेत उहाँले जानकारी लिनुभयो । प्रजिअले इलाका प्रशासन कार्यालय राजापुर, कर्णाली नदीको पश्चिमी ड्याम, सत्तीघाट पुलको अनुगमन गर्नु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments