लागू औषध विरुद्धको दिवसका अवसरमा दिप प्रज्वलन
मुरली गोडिया, १३ असार, गुलरिया (बर्दिया) । गुलरियामा लागू औषध विरुद्धको दिवसका अवसर पारेर दिप प्रज्वलन गरिएको छ । सतमार्ग परामर्श एवं पुर्नस्थापना केन्द्र गुलरियाले “लागू औषधको दुरुपयोग तथा अबैध ओसार पसार विरुद्धको अन्तर्रास्ट्रिय दिवशको अवसरमा लागू औषधको प्रयोगले अकालमा ज्यान गुमाएका ब्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्रका अध्यक्ष मोहित पौडेलले संस्थामा उपचारार्थ ब्यक्तिहरुलाई नशा रहित जिवन रहोस भनी कामना गर्नु भयो । मानिस स्वस्थ र निरोगी बनी सबैको सामुहिक प्रयास बाट सुन्दर देशको निर्माण गर्न सकिने वहाँले बताउनु भयो । मानिसको जीवनको लागि स्वास्थ्य ठुलो धन भएको उल्लेख गर्दै पौडेलले आफ्नो जिवनलाई नशा मुक्त राखी देश निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न अनुरोध गर्नु भयो ।
सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्रका कार्यालय प्रमुख रवि सिंह ठकुरिले प्रत्येक बर्ष मनाईने यस्ता दिवसले दुब्यसनिमा फसेका युवा युवतीहरुलाई र्दुब्यवसनी रहित हुन हौसला प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका सहभागीहरुले लागू औषधको प्रयोगले हुने हानी नोक्सानी बारे धारणा राखेका थिए । केन्द्रले विभिन्न स्थानहरुमा लागु औषध विरुद्धको सचेतना मुलक कार्यक्रमहरु गर्दै आइ रहेको संस्थाले जनाएको छ । गुलरियामा संस्था स्थापना भएपछि धेरै युवाहरुलाई सुधार गृहमा राखी नशामुक्त गर्ने प्रयास गरिएकोले संस्थालाई दीगो बनाउँदै सबैले सहयोग र साथ दिनुपर्नेमा जोड दिईएको छ ।
Facebook Comments