• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
चितुवाबाट त्रसित शंकरवस्तीका स्थानियहरु समातेछि खुशी

बिष्णु अधिकारी, १५ असार, बर्दिया । जङ्गली जनावरको आतङ्कबाट प्रताडित भएका नागरिकहरु डिभिजन बन कार्यालयको पहलमा चितुवा पक्रन सफल भएपछि खुशी देखिएका छन् । गुलरिया नगरपालिका वडा नं. १ शंकरबस्तीका नागरिकहरु सम्साँझै चितुवाले घरपालुवा जनावरलाई घरको आगनबाट नै लगेपछि त्रसित भएका थिए । 

चितुवा गाँउमा पसेर घरपालुवा पशु चौपाया मार्न थालेपछि साँझ परेपछि गाउँलेहरु बालबच्चा सहित घरभित्र ढोका लगाएर बस्नु पर्ने बाध्यता थियो । गाउँलाई चितुवाले आतंकित पारिरहेको गाउँलेहरुले बताए पछि डिभिजन बन कार्यालयले चितुवा चहल पहल गर्ने स्थान पत्ता लगाई क्यामेरा जडान गरिएको थियो । क्यामरामा चितुवा देखिए पछि डिभिजन बन कार्यालय बर्दियाले आफुसँग उपलब्ध भएको जनशक्ति र चितुवा समात्न बनाएको फलामे पिजडा गुलरिया नगरपालिका–१ शंकरबस्तीमा लगेर राखिएको डिभिजन बन कार्यालयका प्रमुख प्रविण विडारीले बताए । 

हामीले राखेको फलामे बाकसमा शुक्रवार राती ११ बजे चितुवा पक्रन राखेको पिजडामा पसेपछि नियन्त्रणमा आएको जानकारी दिएका छन् । पक्राउ परेको चितुवालाई प्राकृतिक बासस्थान सम्म छोड्न निकुञ्ज सँग समन्वय भैरहेको छ । पिजडामा परेको चितुवाको जोडी पनि भएकाले त्यसको क्यामरा द्धारा अनुगमन गरि बस्तीमा समस्या देखा परेमा पक्रनका लागि सबै सहयोग गर्न तत्पर रहेको बताए । राती ११ बजे पिजडामा परेको चितुवा बिहान ९ बजेसम्म पनि सम्बन्धित सरोकारवाला नआए पछि स्थानीयहरु आक्रोशित भएका थिए । 

आक्रोसित स्थानयहरुलाई डिभिजन प्रमुख विडारीले प्रकृति संरक्षण कोषले बर्दियामा मात्र नभएर छिमेकी जिल्लाहरुमा पनि समस्या ग्रस्त वन्यजन्तु पक्रने र सुरक्षित स्थानमा छोड्नु पर्ने भएकाले यस स्थानमा आउन ढिलो भएको हो भन्दै स्थानीयहरुलाई प्रमुख विडारीले सम्झाई बुझाई गरि रहेका थिए । चितुवा पक्रन सहयोग पु¥याएका स्थानीय कृष्ण भुसालले चितुवाले गाउँमा ४ बर्ष अघि देखि आतंक मच्चाइरहेको बताए । भुषालले गाउँमा चितुवा पसि ३० वटा कुकुर, २० वटा बाख्रा तथा गाईबस्तुहरु माथि आक्रमण गरि मारेको थियो । 

भुषालले गए राती परेको चितुवा जोडी रहेको र भालेलाई पिजडाको माध्यमबाट पक्रन सफल भएको र अर्को पोथी चितुवा भारतीय जंगल तर्फ गएकाले चितुवाले आफ्नो साथी खोज्न फेरी गाउँतर्फ आउने होकि भन्ने चिन्ताले सताइरहेको बताए । पक्राउ परेको चितुवा डिभिजन बन कार्यालय बर्दियामा राखिएको छ । प्रकृति संरक्षण कोषलाई जिम्मा लगाइने डिभिजन बन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments