• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
राष्ट्रिय धान दिवसका अवसरमा बाँसगढीका कृषक सम्मानित

विन्दु चौधरी, १५ असार, बाँसगढी (बर्दिया) । राष्ट्रिय धान दिवसको अवसरमा बर्दियाको बाँसगढी नगरपालिकाका ९ जना कृषकहरूलाई सम्मान गरिएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ नगरका ९ जना कृषकलाई बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्का र कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले सम्मान गुर्नभएको हो । 
राष्ट्रिय धान दिवसको अवसरमा बाँसगढी नगरका प्रत्येक वडाबाट १÷१ जना गरि ९ जना कृषकहरूलाई पुरस्कृत गरेको कृषि विकास शाखा प्रमुख खड्काले बताउनभयो । उहाँका अनुसार सम्मान हुनेमा बाँसगढी नगरपालिका वार्ड नम्बर १ का चन्द्र बहादुर परियार, २ का स्वामीदयाल थारु, ३ का दुजे थारु, ४ का सिर्जना थारुलाई सम्मान गरेको छ । त्यसैगरी वडा नम्बर ५ का रामदयाल थारु, ६ का लौटन थारु, ७ का वर्मा थारु, ८ का डिल्लीराम ढकाल र वडा नम्बर ९ का गिता कुमाललाई प्रमाणपत्र र १६ लिटरको स्प्रे ट्याङकीसहित सम्मान गरेको प्रमुख खड्काले बताउनुभयो । 

कृषकहरूलाई प्रोत्साहन गर्ने हिसाबले प्रत्येक वर्ष नगरपालिकाका उत्कृष्ट कृषहरूलाई सम्मान गर्दै आएको बाँसगढी नगर प्रमुख खड्क बहादुर खडकाले बताउनुभयो । धान दिवसको अवसरमा बाँसगढी नगरपालिका नगर प्रमख खड्क बहादुर खड्का, संस्थापक मेयर शालिकराम अधिकारी, वडा अध्यक्षहरु, कृषि शाखा प्रमुख, कृषि प्राविधिक, कर्मचारी, स्थानिय कृषक लगायत पत्रकारको उपस्थिति रहेको थियो । बाँसगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा हजारी बगिया कृषि तथा पशुपन्छी पालन समुह वडा नम्बर २ को सहकार्यमा २१ औँ राष्ट्रिय धान दिवस मनाईएको हो ।

सम्बन्धित समाचार

Facebook Comments