• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
बबई नदीले चेतावनी तह नाघ्यो, सर्तक रहन अनुरोध 

चुरेकुञ्ज, २२ असार, गुलरिया (बर्दिया) । बबई नदीले चेतावनी तह पार गरेको छ । दुई दिनदेखि लुम्विनीका पहाडी जिल्लाहरुमा आएको अविरल बर्षाका कारण नदीको सतह बढेको छ ।

चेपाङमा ५ दशमलव ५० मीटर चेतावनी तह र ६ दशमलव ८० मीटर खतराको तह मानिन्छ । यतिखेर बबई नदीको सतह चेपाङमा ५ दशमलव ६५ मिटर पुगेको जल तथा मौसम विज्ञान विभागको वेभसाईट हाईड्रोलोजीमा उल्लेख छ । यो सतह अझै बढ्ने आँकलन गरिएको छ । केही दिनदेखि लगातार परेको अविरल बर्षाका कारण बर्दियाका बबई, कर्णाली लगायत सहायक नदीहरुमा जोखिम रहेकाले तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अनुरोध गरिन् ।

बबई नदी चेतावनी तह पुग्नु अगावै जिल्ला विपद ब्यवस्थापन समितिले बेलुकी एक सूचना प्रवाहगर्दै नदीको सतह घटबढ भैरहेकोले नदी, खोला किनारमा नजान अनुरोध गरेको थियो । प्रजिअ शर्माले नदीहरु बढेकोले बाढीको समयमा नदी किनारमा नजान अनुरोधगर्दै डुवान क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाई सुरक्षित रहन सजग पारिएको बताईन् । 

बाढीका बेला नदीमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगरी घरमा भएका महत्वपूर्ण वस्तु, नगद, गरगहना, जिन्सी सामाग्रीहरु सुरक्षित ठाउँमा राख्न उनको आग्रह छ । बाढीको समयमा अत्यावस्यक खाद्यान्न सुरक्षित ठाउँमाराख्दै जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुलाई ध्यान दिन अनुरोधगर्दै उनले कुनै पनि समयमा समस्या आईपरे जिल्ला आपतकालिन कार्य संचालन केन्द्र तथा टोल फ्रि नम्वरमा तत्काल समम्पर्क गर्न उनुरोध गरिन् । 

सम्बन्धित समाचार

Facebook Comments