• ३ चैत २०८१, सोमवार
  • २६ °C काठमाडौं
बाँसगढी नगरपालिकामा एक घर दुई विरुवा अभियान

विन्दु चौधरी, २५ असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले वातावरणमैत्री कार्यक्रम अन्र्तगत एक घरधुरी दुई बिरुवा अभियान शुरू गरेको छ । नगरलाई वातावरणमैत्री बनाउने अभियानमा ३१ हजार विरुवा वितरण गरेर एक घर, दुई विरुवा अभियान शुरु गरेको हो । 

बाँसगढी नगरपालिकाले १५ हजार पाँच सय वटा आँप र १५ हजार पाँचसय वटा लिचिका विरुवा गरि ३१ हजार विरुवा रोप्ने लक्ष्यका साथ सो अभियान शुरू गरिएको बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार अभियान अन्र्तगत एक घरले दुई बिरुवा अनिवार्य रुपमा हुर्काउन पर्नेछ । बाँसगढी नगरपालिका भित्र १४ हजार ३ सय २० जम्मा घरधुरी संख्या रहेको छ । 

नगरका विभिन्न सार्वजनिक स्थलमा वृक्षारोपण, सार्वजनिक जग्गाको संरक्षण तथा मठमन्दिर, विद्यालय र घरघरमा बिरूवा रोप्न, घरआगन सरसफाइ गर्न र सडक छेउछाउमा वृक्षारोपण गर्न आग्रह गरिएको नगर प्रमुख खड्काले बताउनुभयो । नगरलाई सुन्दर र हरियाली बाँसगढी बनाउने लक्ष्य लिएर चालु आर्थिक वर्षको वातावरणमैत्री कार्यक्रम अन्र्तगत ८ लाख रुपैया बरावरको विरुवा वितरण गर्न लागेकोे बाँसगढी नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ७५ प्रतिशत अनुदानमा आपँ र लिचिका विरुवा वितरण गरिरहेको छ । प्रति विरुवालाई १० रुपैयाका दरले दुई वटा विरुवा वितरण गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments