बाल वालिकाहरुलाई शिक्षासँगै ब्यवहार र संस्कार आवस्यक
पुरुषोत्तम खनाल, १२ साउन, बर्दिया । विद्यार्थीहरुलाई शिक्षासँगै व्यवहार र संस्कार आवश्यक देखिएको छ । राजापुर र गेरुवा गाउँपालिकाका विभिन्न गाउँमा अनुगमनका क्रममा विद्यालय जाने बाल बालिकाहरुलाई शिक्षासँगै व्यवहार र संस्कार आवश्यक रहेको देखिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले वताउनु भयो ।
शिक्षाको प्रभाव र व्यक्तिको आवश्यकता बढेकाले जनसंख्या वृद्धिदर कम हुदै गए पनि आधुनिक समाजको माग अनुसारको दक्ष, व्यवहारिक र संस्कारी व्यक्तिको अभाव हुन थालेको धारणा डिएसपी बोहराको छ । अभिभावकको माया र स्नेह तथा आधुनिक प्रविधि मोवाईल, कम्प्युटरको बच्चाले गलत प्रयोग गर्दा पनि अभिभावकको अनुगमनमा कमी हुनुलाई उहाँले समस्याको कारण मान्नु भएको छ । बाहिरी बातावरणमा रमाउन चाहने बच्चाहरुले अभिभावक र विद्यालयलाई कष्टकर स्थान मान्ने गर्छन ।
वालवालिकाले हरेक विषयलाई उत्सुकताका साथ लिने र चाडै कुनै पनि कुरामा विश्वास गर्ने भएकोले साथी सङगतिका कारण पहिले कुलतमा नपरेको विद्यार्थी अरुको देखासिकी र आधुनिकताको नाममा थाहै नपाइ कुलतमा परेर जीवन बर्बाद भएको धेरै उदाहरण रहेको जनाउदैँ शिक्षासँगै उसलाई व्यवहारिक ज्ञान सीप र संस्कारको निकै आवश्यकता रहेकाले अभिभावकहरुले आफ्ना सन्ततिको हरेक कृयाकलापमा जानकार रहनुपर्ने तथा विद्यालयहरुले समेत विशेष ध्यान दिनु पर्ने वताउनु भयो ।
राजापुर नगरपालिका ३ का बरघर समितिका अध्यक्ष सेकलाल थारुले पछिल्लो समय बालबालिका पठनपाठनमा भन्दा साथी संगतीको लहलहैले कुलतमा फस्दै गएको बताउनु भयो । गाउँ टोलमा रहेका जोसुकै कुलतमा लागेको वा गलत काम गर्ने व्यक्तीलाई उसको अभिभावकलाई सचेत गरी उसलाई सम्झाउने बुझाउने गरे केही हदसम्म समस्या कम गर्न सकिने धारणा राख्नु भयो । अमर शहीद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले बालबालिकालाई धेरै विश्वास गर्दा पनि पछिल्लो समय विकृति बढेको चुरेकुञ्जलाई बताउनु भयो ।
किशोरावस्थाका केटाकेटीको आनीबानी, साथी र उसको व्यवहारलाई मसिनो तरिकाले हेर्दै उसका शिक्षकसँग प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्न नसक्नुले पनि केटाकेटी कुलतमा परेको धारणा राख्नु भयो । समाजमा बस्ने जो कोहीको बालबालिका गलत बाटोमा फसे पनि भविष्यमा आफैलाई समस्या हुने बुझेर समयमै सरोकारवाला पक्ष अभिभावक, समाज र शिक्षक सचेत भएमा समाज सुधार गर्न सकिने सुझाव पनि उहाँले दिनु भएको छ ।
राजापुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रमेश दहितले समाजमा बस्ने जोकोहीको बाल वालिका गलत बाटोमा फसेपनि भविष्यमा आफैलाई समस्या हुने बुझेर समयमै सरोकारवाला पक्ष, अभिभावक, समाज र शिक्षक सचेत भएमा सुधार गर्न सकिने बताउनु भएको छ । अहिले स्थानिय सरकार समग्र शिक्षा क्षेत्रको अवस्था बुझ्न लागेकाले पालिकालाई सही मार्ग निर्देश गर्न सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको सकारात्मक सुझावको अपेक्षा समेत राखेको बताउनु भएको छ ।
Facebook Comments