गाउँमा हात्ती आएको सूचना दिन साईरन
यादव आचार्य, १४ साउन, बर्दिया । भारतको कर्तनियाघाट वन विहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँहरुमा जंगली हात्तीहरुबाट हुने धनजनको क्षती न्युनिकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साईरन जडान गरिएको छ । हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारवार हात्तीले छुने वित्तिकै जोडसँग साईरन बज्ने प्रविधि निर्माण गरिएको छ ।
साईरन बज्ने भएका कारण स्थानियहरु हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका वडा नम्बर ३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा वल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठुला जनावरबाट हुने क्षती न्यूनिकरण गर्न विद्युतिय तारबार सहितको साईरन जडान गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताउनु भएको छ । उहाँका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतिय तारवारमा हात्तीको कुनै अंगले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयहरुलाई सतर्क रहन मद्दत पुग्छ । साईरन बज्ने वित्तिकै सबै स्थानिय चनाखो हुने र सुरक्षित हुन ठूलो सहयोग पुग्दै आएको छ ।
खाता जैविकमार्ग क्षेत्रमा ३६ वटा सामुदायिक र ३ वटा धार्मिक गरी ३९ वटा सामुदायिक वन छन् । जस अन्र्तगत पर्ने सम्झना र सोमलपुर सामुदायिक वनमाा १ हजार २५० मिटर विद्युतिय तारवारमा साईरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरु∙ बताउनु हुन्छ । हात्ती आएको सूचना प्रवाह गर्न साईरन प्रभावकारी हुन्छ । साईरन बजेपछि स्थानियले हात्ती आएको थाहा पाउने हुनाले सतर्कता अपनाउन सहयोग पुग्नेमा स्थानिय ढुक्क छन् । यसै बर्षदेखि साईरन प्रविधि जडान भएकोले परिक्षणकै क्रममा रहने उहाँ वताउनुहुन्छ ।
खाता जैविकमार्ग क्षेत्रमा हात्ती–मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागि मधुवन नगरपालिका वडा नं. ५, गाउँ नं. १० शक्तिपुरमा स्थानीयहरुको बालीनाली हात्तीले क्षति पु¥याउने भएकोले त्यसलाई धपाउँदै क्षति न्यूनिकरण गर्न पक्की मचान निर्माण गरिएको छ । करिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीहरुको झुण्ड आउने गरेका छन् । डिभिजन बन कार्यालय बर्दियाको ६ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कुल ७ लाख २२ हजार रुपैयाको लागतमा ३ तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनहरुको हैसियत सप्रियपछि बन्य जन्तुहरुको चहलपहल बढेको छ । जंगल क्षेत्रमा बन्यजन्तु बढेसँगै मानवियद्वन्द पनि उत्कर्षमा पुगेको पाईन्छ । डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार ०७० सालदेखि ०८१ असार अन्तिम साता सम्म बनक्षेत्रमा विभिन्न बन्यजन्तुहरुको आक्रमणमा परी २१ जना मानिसको मृत्यु भएको र ४९ जना घाईते भएका छन् भने २ सय ८१ वटा पशुधन क्षती भएको छ । त्यस्तै ४२ जनाको घरगोठ क्षती तथा ३ सय ५९ जनाको अन्नवाली क्षती भएको डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक छ ।
Facebook Comments