मानव बेचबिखन बिरुद्ध सचेतनात्मक सडक नाटक
संजय आचार्य, १६ साउन, बर्दिया । मानव वेचविखन विरुद्धको विश्व दिवसको अवसर पारेर मंगलवार बर्दियाको गुलरिया स्थित वसपार्कमा मानव बेचविखन विरुद्ध स्थानिय कलाकारहरु द्वारा सडक नाटक देखाइएको छ । माइती नेपालको आयोजनामा प्रर्दशन गरिएको सडक नाटकमा स्थानिय कलाकार हरुले नाट्य प्रस्तुती गरेका छन् ।
“मानव वेचविखन विरुद्धको लडाइमा कुनै पनि बालवालिकालाई पछि नछोडौ“ भन्ने मूल नाराका साथ जनचेतनामूलक सडक नाटक देखाइएको माइती नेपाल वर्दियाकी सुपरभाइजर गायत्री रिमालले बताउनु भयो । स्थानिय कलाकारहरुद्वारा प्रस्तुत सडक नाटकमा घरमा भइरहने श्रीमान श्रीमतीका झै–झगडा तथा सामाजिक संजालमा फसेका यूवा यूवतीहरुलाई कसरी मायाजालमा पारेर विदेशमा बेचिन्छन भन्ने बारेमा अभिनयको माध्यमबाट उजागर गरिएको थियो ।
बर्दियाको गुलरियामा शनिवार र मंगलवार हाट बजार लाग्ने गर्दछ । मेगलवार हाट बजारको दिन परेकोले सडक नाटक हेर्नेको भिड देखिन्थ्यो । सडक नाटक प्रस्तुती कार्यक्रम जिल्ला समन्वय समिति बर्दियाकी उपप्रमुख अमिता कुमारी यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गुलरिया नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख शिला शाह, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य लगायत विभिन्न सरोकारवाला संघ संस्थाको सहभागीता थियो ।
Facebook Comments