• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
मधुवन नगरप्रमुख तेजबहादुर भाटको ५६ औं जन्मदिन असहाय बाल बालिकाहरुसँग 

हरि गुरुङ, १७ साउन, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले अभिभावक विहिन बाल बालिकाहरुसङ्ग मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा (पथ्थरबोझी) मा अवस्थित सरस्वती आधारभूत विद्यालयमा आश्रीत तथा अध्ययनरत ३६ जना बाल वालिकाहरुसङ्ग आफ्नो ५६ औं जन्मदिन मनाएका छ्न ।

अभिभावक विहिन बालबालिकाहरुलाई ३६ जोडा बिद्यालय पोसाक विद्यालयका प्रधानाध्यापक घनराज खत्रीलाई हस्तान्तरण गर्नुका साथै सितलचिनी (मोरिङ्गा) का बिरुवा रोपण गर्नु भएको थिया । बाल बालिकाहरुलाई मिठामिठा परिकार बनाएर खुवाउदा आश्रीत बालबालिकाहरु खुशी भएका थिए । जन्मदिनको शुभकामना दिन ुहुनेहरुलाई धन्यवाद दिदै उहाँले जन्मदिन मनाउदा पश्चिमी सभ्यतालाई छोड्नुपर्ने बताउनुभयो । पश्चिमी संस्कृति र पहिचान हाम्रो हैन । बत्ती बाल्ने अनि बलेको बत्ती निभाउने हाम्रो संस्कृति हैन । हाम्रो संस्कृति र संस्कारमा बत्ती बालेपछी निभाउनु हुदैन उहाँले भन्नुभयो । 

जो सुकैले जन्मदिन मनाउदा मोम बत्ती बालेर हैन समाजमा भएका असहाय गरिब दुखीलाई सहयोग गरि मनाउनुपर्छ । मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको जन्मदिनको कार्यक्रममा मधुवन नगरपालिका विभिन्न वडाका वडा अध्यक्षहरु कावा राम चरण चौधरी, वडाध्यक्ष नारायण मल्ल, बलिराम चौधरी, मेक बहादुर गुरुङ्ग वडा सदस्यहरु धनिराम चौधरी, केशव पुन, कार्यपालिका सदस्य कृष्ण परियार, नेपाली कांग्रेस वडा सभापति बालकिशुन थारु, टीका ठाडामगर लगायत विद्यालयका शिक्षक विध्यार्थीहरु सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments