• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
लागुऔषध नियन्त्रण अभियान अन्तरगत सीमा नाकामा अप्रेशन 

चुरेकुञ्ज, ६ असोज, बर्दिया । बर्दियामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा लागुऔषध नियन्त्रण महाअभियान अन्र्तगत सीमा नाका क्षेत्रमा विग अपरेशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा वलको संयुक्त टोलीले लागुऔषधको जोखिममा रहेको सुरक्षा नाकामा अपरेशनसँगै सचेतना गरिएको छ ।

भारतबाट नेपाल भित्रिने ब्यक्तीहरुलाई कडाईका साथ चेकजाँचगर्दै लागुऔषधका बारेमा सचेतना दिईएको बताईएको छ । गुलरिया नगरपालिका अन्र्तगत रहेको गणेशपुर–लौकाही, जमुनी–बलैगाउँ नाकामा अपरेशन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले जानकारी दिनुभएको छ । 

जिल्ला स्थित सुरक्षा समिति लगायत पत्रकारहरुको सहभागीतामा सचेतना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियामा लागुऔषधको जोखिम बढेसँगै कार्ययोजना बनाएर नियन्त्रण महाअभियानमा लागेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ । अभियानका क्रममा लागुऔषध विरुद्ध सचेतनासँगै पम्प्लेटहरु वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments