लुम्विनी प्रदेशलाई सुशासनको क्षेत्रमा समृद्ध बनाउँछौ : मुख्यमन्त्री आचार्य
भिमा कंडेल, ११ असोज, दाङ । लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई सुशासनको क्षेत्रमा समृद्ध बनाउँदै भ्रष्टाचार न्यूनिकरण गर्न ५ बर्षे रणनितिक योजना निर्माण गर्न लागेको बताउनु भएको छ । शुक्रवार दाङको लमहीमा शुरु भएको प्रदेश स्तरिय सूचनाको हक सम्वन्धी दुईदिने तालिम (शिविर) लाई सम्बोधनगर्दै उहाँले प्रदेशका विभिन्न सरोकारवाला निकायहरुसँग छलफल र सहकार्य भैरहेको प्रष्ट्याउनु भयो ।
नागरिकको सूचनाको हक स्थापित गर्न मुख्य मन्त्रीको कार्यालयले १४ बुँदे र्निदेशन जारीगर्दै सबै मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा सूचना अधिकारी तोक्दै नाम, फोटो र सम्पर्क नम्वर सबैले देख्ने ठाउँमा राख्न सर्कुलर गरेको उहाँको भनाई छ । सबैले अनुभुती गर्नेगरी सूचनाको हक कार्यान्वयमा जोडदिँदै प्रदेशले सूचनाको हक सम्बन्धी ब्यापकतालाई ब्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अधिकारकर्मीहरुलाई प्रशिक्षितगर्दै योजना निर्माण भैरहेको बताउनु भयो ।
नेपालको संविधानले ब्यवस्था गरेको सूचनाको हक सार्वजनिक निकायले गर्ने हरेक कृयाकलापहरु जनताले सुसुचित हुन पाउनुपर्ने नैसर्गिक अधिकार भएको जनाउँदै उहाँले थप्नुभयो, सूचनाको हक नागरिकको मौलिक अधिकार हो । मुलुकमा सुशासन कायम भएमात्र भ्रष्टाचार घट्दै जाने बताउँदै मुख्यमन्त्री आचार्यले सुशासन नभए विकृतिसँगै अत्याचार मौलाउदै जाने जिकिर गर्नुभयो । सुशासन आत्मसाथ गरी प्रदेश सरकार अघि बढेको बतउँदै पारदर्शीता खुल्ला किताव बन्नुपर्नेमा जोड दिनुभयो ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद वागचनले लुम्विनी प्रदेशले थालेको सुशासनको अभियानमा महत्वपूर्ण कडीमा सुचनाको हक रहेको बताउँदै सूचना अधिकारीहरुलाई सचेतिकरण गर्ने, आमजनता माझ सुचना माग्नुपर्छ भन्ने सन्देश पुर्याउने तर्फ सचेत पार्नुपर्नेमा जोडदिनु भयो । सञ्चार क्षेत्रको प्रयोग बृद्धिगर्दै नागरिकको सूचनाको हक स्थापित गर्नुपर्ने आवस्यकता रहेको अध्यक्ष वागचनले औल्याउनु भयो । मिडिया क्षेत्रको प्रर्बद्धनको लागि प्रदेश सरकार लाग्नुपर्नेमा उहाँको जोड छ ।
प्रदेश सरकारले गरेका राम्रा कामहरुको समाचार लेखन बृत्ति गरी अगाडी बढाउनु पर्ने उहाँको सुझाव छ । दुईदिने तालिममा लुम्विनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागीता रहेको छ । कार्यक्रममा युएसएआईडी, स्टेण्ड, दी एशिया फाउण्डेशन र आरआईटीको सहयोग तथा सहकार्य रहेको छ ।
Facebook Comments