जिल्ला प्रहरी कार्यालय बर्दियाको ७ महिने कार्यसम्पादन सार्वजनिक
विष्णु अधिकारी, असोज १३, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले बर्दिया बसाईको ७ महिने कार्यकालमा भए गरेका कार्यको प्रगति विवरण पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको छ । प्रहरी कार्यालयले स्थानीय सरकार सँगको सहकार्य गरि गुलरिया नगरपालिकाका संवेदननशिल स्थान र मुख्य ब्यापारीक केन्द्रहरुमा २४ वटा मधुवनमा ७ वटा, ढोढरीमा ३ वटा गरि ३४ वटा सिसिटिभि क्यामरा खरिद गरी जडान गरिएको बताउनु भएको छ ।
क्यामरा जडान भएपछि थोरै जनशक्तिबाट नागरिकले धरै सेवा पाउनुका साथै बजार क्षेत्रमा हुने अपराधिक तथा चोरीका घटनामा संलग्न अपराधिहरुको निगरानी तथा कारवाही प्रक्रिया अगाडी बढाउन सहज भएको प्रहरी उपरीक्षक धितालको भनाई छ । विभिन्न मुद्दामा फरार रहेका १३८ जना प्रतिवादीहरु पक्राउ गरि सबैको कैद जोड्दा १ सय ८ महिना र १ करोड ५२ लाख १० हजार ३ सय ७३ रुपैया असुल गरिनु पर्ने अपराधिहरु पक्राउ गरिएको उहाँले बताउनु भयो । भारतबाट आएका तथा गैर कानूनी सामानहरु २ सय १ पटक पक्राउ गरिएको छ ।
त्यस्तै ३० जना मानिस नियन्णमा लिई करिब १ करोड २२ लाख २ हजार ७ सय ४२ रुपैया बराबरको राजश्व संकलन भएको छ । बर्दियामा विभिन्न धार्मिक कार्यक्रमहरुमा प्रहरीले विशेष योजना बनाई सुरक्षा प्रदान गरेर अगाडी बढेको र संबेदनशिल स्थानहरुको निगरानी गरिरहेको उपरीक्षक धितालले बताउनु भयो । अबेैध रुपमा ल्याएका करिब २७ लाख ६३ हजार, ९ सय ५ रुपैया बराबरको ४ सय ४४ क्यूफिट काठ र त्यसमा प्रयोग गरिएका सवारी साधन पक्राउ गरि डिभिजन बन कार्याल बर्दियामा प्रहरीले बुझाएको छ ।
हराएका २ सय १६ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको निवेदन आएको मध्ये १ सय ९६ जनालाई खोजतलास गरि परिवारको जिम्मा र अन्यको खोजी भैरहेको बताईएको छ । बर्दिया जिल्ला बसाईको क्रममा शान्ति सुरक्षा प्रदान गर्नका लागि बर्दियाबासिले सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले धन्यवाद दिनु भएको छ ।
Facebook Comments