राजापुरमा युनिकद्वारा लामो दुरीको दौड प्रतिस्पर्धा हुँदै
केशव कोईराला, १३ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । युनिक नेपाल बर्दियाको आयोजनामा असोज १७ गते दौड प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगिताको प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ नाम दिइएको आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगितामा पुरुषहरुकालागी ८ किलोमिटर र महिलाहरुकालागी ५ किलो मिटर दुरी तय गरिएको युनिक नेपालका अध्यक्ष प्रिम वहादुर थारुले जानकारी दिनुभयो ।
सरकारले खेल क्षेत्रमा लगानी बढाउन नसकेको अवस्थामा नयाँ खेलाडीलाई खेल प्रति आकर्षण गर्न प्रेरणा मिल्ने बिश्वासका साथ प्रतियोगिताको आयोजना गर्न लागीएको उहाँको भनाई छ । राजापुर भन्सार पृथ्वी चोकबाट बिहान ७ बजेदेखि शुरु हुने दौड सोही स्थानमै समापन हुनेछ । प्रतियोगितामा ११ जना पाहुना खेलाडी सहित १ सय ६५ जनाले नाम दर्ता गरिसकेको बताईएको छ । युनिक स्पोर्टस् क्लवको समन्वयमा प्रतियोगिता हुँदैछ ।
Facebook Comments