पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बर्दिया आउने कार्यक्रम स्थगित
चुरेकुञ्ज, १३ असोज, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मंगलबार बर्दिया आउने कार्यक्रम स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका दाहाल देशमा भएको विपदका कारण बर्दिया आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका सदस्य सुरेश पन्थले जानकारी दिनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री स्वर्गिय रामचरण थारुको बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ स्थित जनकनगरमा ९ औं स्मृति दिवस मनाउने कार्यक्रममा प्रमुख अतिथीका रुपमा अध्यक्ष दाहालले सम्वोधन गर्ने कार्यक्रम तय भएको थियो । विनाशकारी बाढी, पैरोमा खोज, उद्दार लगायत राहत वितरण कार्यमामा सरकारसँग छलफल एवम् सहकार्य गर्नु पर्ने अवस्था श्रृजना भएपछि दाहालको कार्यक्रम स्थगित भएको पन्थले बताउनु भएको छ । स्मृति दिवसमा दाहालसँगै केन्द्रिय जनसाँस्कृतिक टोली समेत आउने कार्यक्रम थियो ।
Facebook Comments