• २८ असोज २०८१, सोमवार
  • २३ °C काठमाडौं
“ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड” को बृत्तचित्र प्रर्दशनी 

काठमांडौ, १४ असोज । “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड“ को पदयात्रा सम्बन्धि बृत्तचित्र शनिबार बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको छ । त्रिभुवन बिश्वबिद्यालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप–प्राध्यापक डाक्टर राजन बिनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माध्यमिक बिद्यालयका शिक्षक लिला बहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर ४१ दिनमा २७ जिल्लाको पदयात्रा पार गर्नुभएको थियो । 

छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहाने पदयात्रीलाइ आकर्षित गर्न, सो रुटमा पर्ने स्थानियको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले पदयात्रा गरिएको थियो । वृतचित्र निर्माता राजन बिनायक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथी पर्वतारोही माया गुरुङ, ग्रामीण पर्यटनविद प्रा. डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद भरत प्रसाद बडाल लगायत पर्यटन व्यावसायी तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षण पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रसंशागर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गर्नुभएको भयो । पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम ब्याक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसोगर्दै राज्यले पर्यटनसंग संबंधित काम गर्दा पर्यटन बिज्ञसंग मिलेर काम गरे फलदायी हुने बिचार राख्नुभयो । प्राडा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने वताउदै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढ्ने बताउनु भएको थियो । 

कार्यक्रममा पदयात्री लिला बहादुर बिस्वकर्माले पदयात्राको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै पदयात्री तथा बृत्तचित्र निर्माता डा राजन बिनायक पासाले सम्पुर्ण आतिथीलाई मौसमको विषमता हुँदा हुँदैपनी आउनु भएका सम्पुर्ण दर्शक तथा अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाइ निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमको सन्चालन दुर्गाराज पाण्डेले गर्नुभएको थियो । यो साहसीक पदयात्रा सम्बन्धि वृतचित्र rajan pasa Youtube Channel मार्फत हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

Facebook Comments