बर्दियाको मधुवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
हरि गुरुङ, ४ कार्तिक, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बेलवा चोकदेखी करिब २ सय मिटर पश्चिम पुरानो ईप्रका नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर ९ बस्ने ५० बर्षिय तुल बहादुर गुरुङ्गको मृत्यु भएको छ ।
नेपालगञ्ज देखि मनकामना ग्यास लोड गरेर राजापुर तर्फ गैरहेको लु १ क ८६२ नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको भे ९ प २०४३ नम्बरको मोटर साईकललाई ठक्कर दिएको थियो । गुरुङ्गको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाईकल चालक सोही निवासी गोपी बस्नेतको नेपालगञ्ज स्थित नर्सिङ्होममा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाले जनाएको छ । ईलाका प्रहरी कार्यालय ढोढरीले ट्रकसहित चालकलाई तत्काल नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भैरहेको बताएको छ ।
२१ °C काठमाडौं
Facebook Comments