आधुनिकतासँगै कसगर समुदायको पुर्ख्यौली पेशा संकटमा
हरि गुरुङ, १५ कार्तिक, मधुवन (बर्दिया) । बर्दिया जिल्ला गुलरिया नगरपालिका क्षेत्रभित्र बसोबास गरि रहेका कसगर (कुमाले) हरुको माटाका सामाग्री बनाउने पुख्र्यौली पेशा आधुनिकतासगै संकटमा परेको छ । चाडपर्वको बेला प्रयोग हुने विद्युतिय झिलीमिलीले कसगर जातिको व्यवसायमा कमि आएको छ ।
बर्षौदेखी माटोको सामाग्री बनाई बिक्रीबाट जीवन निर्वाहगर्दै आएका कसगरहरुको (कुमाले) पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका प्लास्टिकका सामाग्री झिलिमिलीको बढ्दो प्रयोगले माटोको सामाग्री बिक्री नहुदा पेशा संकटमा परेको स्थानिय ब्यवसायी रहिस कसगरले बताउनु भयो । कसगर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोको दियो, पाला र गाग्रो लगायत माटोको विभिन्न सामाग्री बनाउन भ्याई नभ्याई छ । बाजेको पालादेखि नै बर्दिया गुलरियाका कसगरहरु माटोको सामाग्री बनाउदै पुर्खौली पेशालाई जोगाएर राखेका उहाँको भनाई छ ।
बढ्दो प्लास्टिकका सामाग्री प्रयोगले गर्दा माटाका सामग्री प्रयोगमा कमी आउँदा पेशा हराउदै जाने हो कि भन्ने उनीहरुको चिन्ता छ । दैनिक ३ देखि ३५ सयसम्म माटोको दियो, पाला बन्छ । विभिन्न चाडपर्व तथा सामाजिक सस्कारका बखत प्रयोग हुने माटाका सामाग्रीहरु बर्दियाका विभिन्न बजारहरु देखी सुर्खेत, नेपालगन्ज, बुटवल नारायणघाट सम्म बिक्री हुने गरेको उहाँले बताउनु भयो । माटोको दियो, पाला, गाग्रो, नदिया, सिंगारदान र चुलो समेत बनाई आम्दानी गर्दै आएपनि आधुनिकतासँगै ब्यवसायमा कमी आएको उनीहरुको गुनासो छ ।
आफुहरुको पुर्ख्यौली पेशा जगेर्ना गर्न र पेशालाई ब्यवसायिक बढावाको निम्ति उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याईदिन कसगर समुदायले स्थानीय सरकारसङ्ग माग समेत गर्दै आईरहेका छन । बाबु बाजेदेखि गर्दै आएको ब्यवसाय अहिले संकटमा परेको स्थानिय किस्मतुल निशाले बताउनु भयो । माटोको सामाग्री बनाउन माटो पाइदैन पाए पनि किन्न पर्ने बाध्यता छ । हामी हाम्रो ब्यवसाय छोड्न चाहादैनौ । स्थानीय सरकारले ब्यवस्था मिलाइदिनु पर्छ । उहाँले भन्नुभयो, प्लास्टिक प्रयोगले गर्दा माटोको सामाग्री बिक्री हुन छोडी सक्यो ।
पाला अन्य माटोको सामाग्री बिक्री नभएपछि भोकै बस्नुपर्ने अवस्था आउने उहाँको चिन्ता छ । माटो, दाउरा, भुस सबै किन्नु पर्ने उनीहरुको बाध्यता छ । आफूहरुको पुख्र्यौली पेशा संरक्षण गर्न सरकारसँग उनीहरुको माग छ । कसगर समुदायहरुको पेशालाई मात्र नभई विभिन्न जातजातिको पुर्ख्यौली पेशालाई स्थानीय सरकार, सरोकारवाला निकायले पेशा, संस्कृति र संस्कारलाई ब्यवसायिक बनाईसंरक्षण एवम् सम्र्बद्धन, प्रर्बद्धन गरि समाजलाई परिवर्तनको बाटो तर्फ लैजानु पर्ने स्थानिय शाहिल कसगर बताउनु हुन्छ । तिनै तहको सरकारले हाम्रो पेशा तर्फ ध्यान देओस् ।
Facebook Comments