विभिन्न नाकाबाट पक्राउ गरीएका पटाका सशस्त्र प्रहरीद्वारा डिस्पोज
विष्णु अधिकारी, १५ कार्तिक, बर्दिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको प्राङ्गणमा निषेधित सामाग्री आतिसवाजी पटाका नष्ट गरिएको छ ।सशस्त्र प्रहरी मातहतका युनिटहरुबाट सिमा ईलाकामा डिउटीमा खटिएको टोलिले भारतबाट लुकिछिपी नेपाल तर्फ ल्याउदै गरेका पटाका नियन्त्रणमा लिएको थियो ।
नेपालमा विक्रि वितरणका लागि प्रतिबन्धित पटाकाहरु खाल्डो खनेर अन्दाजी मुल्य रु. १ लाख ३ हजार १ सय रुपैया बराबरको सामाग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका गणपति चित्राङ्गत दाहालले जानकारी दिनु भएको छ । विहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्य तथा संचारकर्मीहरुको रोहवरमा गणको परिसर भित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो । सरकारले पटाका विक्री वितरण र प्रयोगमा रोक लगाएपछि सशस्त्र प्रहरी बलले विभिन्न ५ ठाउमा चेकजाँच गरेर पटाका बरामद गरेको हो ।
बर्दियाबाट भित्रिने पटाकाहरु राजधानी लगाएत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीले राजमार्गहरुमा समेत चेकजाँच थालेको छ । दशैपछि र छठसम्म करिब २० दिन हुने पटाका ब्यापारबाट बर्दिया सिमावर्ती बजारहरुमा लाखौैको कारोबार हुने गरेको छ । सुरक्षाकर्मीहरुले तदरुकताका साथ काम गरिरहेका कारण गत बर्षहरुको तुलनामा यसपटक बर्दियामा पटाका जन्य बस्तुहरु कम पट्किएको स्थानीयहरुले बताएका छन् ।
Facebook Comments