• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
कम्प्यूटर एसोसिएसन नेपाल बर्दियाको साधारण सभासँगै अधिवेशन सम्पन्न

चुरेकुञ्ज, १ मंसिर, बाँसगढी (बर्दिया) । कम्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) शाखा कार्यालय बर्दियाको १० औँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन शनिवार बर्दियाको बाँसगढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सूर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष ध्रुवराज शर्मा, प्रदेश उपाध्यक्ष नारायण खनाल, क्यान महासंघका संस्थापक प्रसान्त टण्डन लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा क्यान महासंघ शाखा कार्यालय बर्दियाका कोषाध्यक्ष दिल बहादुर चौधरीले आयब्याय बिवरण सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आम्दानी तर्फ ४३ हजार २ सय ५० रुपैँया र खर्चतर्फ ३३ हजार ९ सय रुपैँया बराबर खर्च भएको छ । त्यसैगरी क्यान महासंघको पाँचौँ अधिवेशन पनि आजै सम्पन्न भएको छ । अधिवेशनले बर्दिया जिल्ला अध्यक्षमा दिल बहादुर चौधरी सहित ११ जना पदाधिकारीहरु निर्बिरोध चयन गरेको छ । 

समितिको उपाध्यक्षमा रामप्रसाद थारु, सचिवमा क्षितिज पौडेल, सहसचिवमा रामप्यारे थारु र कोषाध्यक्षमा शंकर प्याकुरेल रहनु भएको छ । सदस्यहरुमा गणेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी, दुर्गा प्रसाद चौधरी र श्याम जयसवाललाई चयन गरीएको छ । त्यस्तै केन्द्रिय र प्रदेश महाधिवेशन प्रतिनिधि तर्फ गोपाल निरौला र सूर्य के.सीलाई सिफारिस गरिएको नव निर्वाचित सचिव क्षितिज पौडेलले चुरेकुञ्जलाई जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments