• १३ माघ २०८१, आइतवार
  • १३ °C काठमाडौं
मुक्तकमैया पुर्नस्थापना मस्यौंदा गाउँपालिकालाई बुझाईयो

विन्दु चौधरी, बाँसगढी (बर्दिया), मंसिर १७ । बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाले मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०८० पारित भएपछि कार्यान्वयन गरिने बताएको छ । मुक्तकमैया समाज बढैयाताल र गेरुवाले छुट्टाछुट्टै कार्यक्रमको आयोजनागर्दै मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०८० को मस्यौदा दुबै पालिकाहरुलाई हस्तान्तरण समेत गरेको छ । 


हस्तान्तरण कार्यक्रममा कार्यविधि कार्यान्वय गरिने बताईएको छ । बढैयाताल गाउँपालिका मुक्तकमैया समाजका सहसचिव कृष्णी कुमारी चौधरीले बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीलाई मस्यौदा हस्तान्तरण गर्नु भएको छ । त्यस्तै गेरुवा गाउँपालिकाका मुक्तकमैया समाजका अध्यक्ष बेचुलाल चौधरीले गेरुवा गाउँपालिका अध्यक्ष जवानसिंह केसीलाई कार्यविधि हस्तान्तरण गर्नु भएको हो । कार्यविधि हस्तान्तरण कार्यक्रममा मुक्त कमैयाहरुको जिवनस्तर माथि उकास्न रोजगार सिर्जना गर्ने किसिमको आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आबश्यकता जनप्रतिनिधिहरुले औल्याएका थिए । 


बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०८० पारित भएपछि गाउँपालिकामा कार्यान्वय गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । मुक्तकमैया माझ अझैपनि जग्गा जमिनको समस्याका कारण जिविकोपार्जनमा निकै समस्या झेल्नु परिरहेको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्नु पर्ने उहाँको भनाई छ । कार्यक्रममा मुक्त कमैया महिला समाज नेपालका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले मुक्त कमैयाहरुलाई राज्यबाट सेवा सुविधा पाउनु पर्ने बताउनु भयो । अब पालिकाको निति तथा कार्यक्रममा मुक्तकमैयाहरुलाई पनि समेट्नु पर्ने कुरामा उहाँको जोड छ । 


कानुनी सल्लाहकार बालाराम भट्टाईले मुक्तकमैया पुर्नस्थापना कार्यविधि बारे मुक्तकमैया श्रमिकले प्राप्त गर्ने सुविधा, कार्ययोजना, विधि, आधार लगायतका बारेमा जानकारी गराउनु भएको थियो । एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालद्वारा संचालित नेपालमा कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना अन्तरगत मुक्त कमैया पुर्नस्थापना कार्यविधि सम्बन्धी छलफल तथा मस्यौदा हस्तान्तरण कार्यक्रमको अध्यक्षता समाजका सहसचिव कृष्णी कुमारी चौधरीले गर्नु भएको थियो कार्यक्रम संचालन परियोजना अधिकृत राजेन्द्र प्रसाद थारुले गर्नृभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments