• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
मौसम पुर्वानुमानका लागि समुदाय स्तरको सुचक तयार

विष्णु अधिकारी, २ मंसिर, बर्दिया ।  मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि नागरिक स्तरबाट नै विज्ञानको प्रयोगबाट मौसम मापन तथा दृश्यावलोकनका लागि नागरिक बैज्ञानिक सम्मेलन भएको छ । ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा बारबर्दिया नगरपालिकाका ११ वटा वडाका ५५ जना समुदायका व्यक्तिहरुलाई मौसम पुर्वानुमानका लागि स्थानीय स्तरमा नै पाईने सामाग्रीको प्रयोगबाट समुदायलाई सचेत गराउने काम गरिएको छ । 

भिक्टोरि प्रोजेक्टले कोकको बोतल र स्केलको नापबाट कति पानि पर्दा कति क्षति पु¥याउन सक्छ भन्ने अनुमानले स्थानियहरुलार्य बेलैमा सचेत तुल्याउन सहयोग मिलेको नागरिक बैज्ञानिक सहभागिहरुले बताएका छन् । मौसमका विषयमा समुदायलाई पूर्व जानकारी दिएर बर्षासँगै हुने क्षतिलाई न्युनिकरणका लागि काम गरिरहेको बारबर्दिया नगरपालिका वडा नं. २ कि राजिता थारुले चुरेकुञ्जलाई बताउनु भयो ।  समुदायलाई बाली काट्ने समयमा मौसमको पुर्वानुमान पहिले नै गरेर सचेत गराएकाले बर्षाका कारण हुने क्षति न्यूनिकरणका लागि भिक्टोरि प्रोजेक्टले सिकाएका ज्ञान सिपलाई समुदायमा सदुपयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

नागरिक बैज्ञानिक सम्मेलन कि प्रमुख अतिथि बारबर्दिया नगरपालिका नगर उप प्रमुख रत्न कुमारी पाण्डेले कार्यक्रम सुरु हुनु अगाडी खाली पानिका बोतल र बासको कप्टेराबाट मौसमको पुर्वानुमान गर्न सकिन्छ भन्ने कुरामा आफुलाई विश्वास नलागेको भएतापनि कार्यक्रम पश्चात स्थानीय तवरमा नै नागरिक बैज्ञानिक तयार गरि भरपर्दो सुचना प्रवाह गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । उप प्रमुख पाण्डेले मौसम पुर्वानुमानका विषयमा नगरमा बसोबास गर्ने समुदायलाई सहि र सत्य सुचना प्रवाह गरि मौसमका कारणले हुने क्षति न्युनिकरणका लागि सहजता प्रदान गरिरहेकाकोमा सहभागि नागरिक बैज्ञानिकहरु धन्यवादको पात्र रहेको तर्क गर्नु भएको थियो । 

कार्यक्रमले मौसम पुर्वानुमान गरेर नागरिकलाई सचेतना प्रदान गरेका कारण जनमुखी, कृषकमुखी रहेको बताउनु भएको छ । कार्यक्रमममा आइ.एच.आर.आर. का प्रमुख कार्यकारी निर्देशक सुरज गौतमले स्थानिय स्तरमा नै बोतलको प्रयोग गरि मौसम पूर्वानुमान गर्दा सिकेका कुरा तथा चुनौतिहरुको आदान प्रदानका कारण काममा अझ सहजता थप्ने भएकोले नागरिक बैज्ञानिक सम्मेलन आयोजना गरेको बताउनु भएको छ । मौसमका विषयमा स्थानिय स्तरमा नै बोतलको प्रयोग गरि मौसम पूर्वानुमान गर्न सक्ने नागरिक तयार भैसकेकाले मौसममा कारण हुने क्षतिलाई न्युनिकरण गर्न नागरिक बैज्ञानिकको प्रयोग गर्ने जिम्मा स्थानीय तहको हातमा भएकोमा जोड दिनु भयो । 

गएको बर्षातको समयमा पनि बारबर्दिया नगरपालिका भित्रका सबै वडाहरुबाट नागरिक बैज्ञानिकहरुले कुन क्षेत्रमा बढि पानी पर्ने र कम पर्ने भन्ने कुराको आकलन गर्न सक्ने जनशक्ति तयार भैसकेको स्मार्ट फोन फर वाटर नेपालका सन्जिब न्यौपानेले बताउनु भएको छ । भिक्टोरी एप्सको प्रयोगबाट नागरिकलाई मौसम पूर्वानुमानको लागि स्थानीय स्तरमा नै पाइने बोतल र बाढी मापनका लागि बासको स्केल तयार गरि जानकारीका लागि बैज्ञानिक तयार गरिएको हो । कार्यक्रम इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन तथा स्मार्ट फोन फर वाटर नेपालको संयुक्त आयोजनामा थाइल्याण्ड स्थित एडिपिसि संस्थाको सहयोगमा नागरिक बैज्ञानिक सम्मेलन भएको हो । 

 

सम्बन्धित समाचार

Facebook Comments