• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
जोखिम मोल्दै सिमापार गर्न लागेका बर्दियाका ५२ महिलालाई परिवारमा फिर्ता 

मुरली गोडिया, १३ मंसिर, गुलरिया (बर्दिया) । विभिन्न बहाना गरी जोखिम मोल्दै सिमापार गर्न लागेका बर्दियाका सिमा क्षेत्रबाट बर्दियाका ५२ जना महिलालाई फिर्ता गरिएको छ । जिल्लामा ४ वर्ष देखी कामगर्दै आई रहेको शान्ति पुनस्र्थापना गृहले जिल्लाका विभिन्न सिमा नाकाबाट उनीहरुलाई सोधपुछ गरी घर पठाएको हो । 

जिल्लाका सिमावर्ती पालिकाहरु बढैयाताल गाउँपालिकाको कण्ठपुर सिमा, गुलरिया नगरपलिकाको गणेशपुर र सुरजपुर यस्तै मधुवन नगरपालिको धनौरा स्थित सिमा नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिममा रहेका महिलाई आवश्यक सोधपुछ गरि मात्र सिमापार गर्न दिने वा परामर्श दिने कार्यगर्दै आएको छ । गुलरियामा आयोजीत वार्षिक समाजिक लेखा परिक्षण कार्यक्रममा १ वर्षको प्रतिवेदनमा सिमाहरुबाट बर्दियाका ५२, सुर्खेतका १, कैलालीका ३, बाँकेका ९, डडेल्धुराको १, दैलेखका २, र उदयपुरको १ जना गरि जम्मा ६९ जना महिलाहरुलाई सिमाबाट फिर्ता गराएको गृहका जिल्ला संयोजक सपना शर्माले बताउनु भयो । 

शर्माले एक वर्षे अवधिमा संस्थाले ७ हजार १ सय ८४ जना महिला तथा बालबालिकालाई परामर्श, ४० जनालाई अभिभावक संग हस्तान्तरण गरिएको, २९ जनाको प्रहरीलाई सिफारिस गरी प्रहरीकै रोहवरमा अभिभावकलाई हस्तान्तरण गरिएको र ६९ जनालाई उद्धार गरिएको बताउनु भएको छ । कार्यक्रमकी प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सभा सदस्य मालती सोडारीले बालबालिकाले गर्ने गल्तिको प्रायः आमाहरुले नै ढाकछोप गर्नाले सन्तान गलत बाटो लाग्न पुग्ने गरेको बताउनु भयो । मानवबेचविखन तथा महिलाहिंसा पुर्ण रुपमा निर्मुल पार्न नसकेपनि रोकथामका लागी पहल गर्न आवश्यक रहेको सुझाव दिनुभयो । 

मानव बेचविखन तथा महिला हिंसाविरुद्ध सवैको एक आवाज हुनुपर्नेमा जोडदिंदै उहाँले प्रदेश सरकारको तर्फबाट बाल बालिका, मानव बेचबिखन तथा लागुऔषध न्युनिकरणको लागि १५ लाख रुपैया लुम्विनी प्रदेश सरकारबाट आफूले विनियोजन गरेको खुलासा गर्नुभयो । संस्थाकी केन्द्रिय अध्यक्ष शान्ता सपकोटाले सिमामा बसी सेवा दिइरहेका महिला कर्मचारीको सुरक्षा गरिदिन प्रहरीलाई आग्रह गर्नुभयो । विनावर्दीमा भएपनि सिमामा बसेर महिला बालबालिकाको जिउ ज्यानको सुरक्षामा लागेका कर्मचारीलाई प्रेरणाको आवश्यकता रहेको बताउनु भयो । 

सापकोटाले हामीलाई अभावले छेक्ला, धेरै अवरोध आउलान तर आफू र आफ्नो संस्थाका सदस्यहरु यसबाट विचलित नभई अभियानमा निरन्तर लागी सेवा गरिरहने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी, शसस्त्र प्रहरीका प्रतिनीधीले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, सरोकारवाला निकाय संचारकर्मी लगायतको सहभागीता थियो । 

सम्बन्धित समाचार

Facebook Comments