म्याथम्याटिक्स एसोसिएसन नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बीसीसहितको कार्यसमिति सर्बसम्मत चयन
चुरेकुञ्ज, १३ मंसिर, बर्दिया । म्याथम्याटिक्स एसोसिएसन नेपाल (म्यान) को लुम्बिनी प्रदेश समिति गठन भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद प्रसाद पन्तको अध्यक्षतामा मिति आईतबार अनलाइन माध्यमबाट सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको अध्यक्षमा लोकबहादुर बीसी, उपाध्यक्षमा विष्णु पाण्डे, सचिवमा मधुसूदन रिमाल, सहसचिवमा टिकाराम शर्मा र कोषाध्यक्षमा खेम कोइराला चयन हुनुभएको छ । समितिको सदस्यहरूमा छविलाल भुसाल, प्रतीक जयसवाल, मनी पाण्डे, राज बानिया, रोम हर्ष पन्थी र विष्णु पोखरेल रहनु भएको सचिव मधुसुदन रिमालले जानकारी दिनुभयो । यसै गरी, संरक्षकमा गोपाल आचार्य र डा. पीताम्बर तिवारी रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका केन्द्रीय उपाध्यक्ष हरि प्रपन्न कँडेलसहित विभिन्न अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सन् २०२० मा स्थापना भएको म्याथम्याटिक्स एसोसिएसन नेपाल गैर–नाफामुखी संस्था रहेको सचिव रिमालको भनाई छ । विद्यार्थीहरूलाई प्रारम्भिक शैक्षिक जीवनदेखि नै गणितीय गतिविधिमा सहभागी गराई २१ औँ शताब्दीका लागि आवश्यक गणितीय क्षमताको विकास गर्ने संस्थाको लक्ष्य छ । गणित शिक्षाको गुणस्तर सुधारगर्दै युवा प्रतिभालाई प्रोत्साहित गर्ने र नेपालको गणितीय क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेसंस्थाको प्रमुख उद्देश्य रहेको उहाँले प्रष्ट्याउनु भयो ।
संस्थाले हरेक वर्ष जिल्ला, प्रदेश, र राष्ट्रिय स्तरमा म्याथम्याटिक्स ओलम्पियाड लगायतका प्रतियोगिता तथा विभिन्न प्रशिक्षण कार्यक्रमहरू आयोजनागर्दै उत्कृष्ट नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी गराउँदै आइरहेको छ । नवगठित लुम्बिनी प्रदेश समितिले पनि प्रदेशस्तरीय गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ । नयाँ नेतृत्वले गणितीय शिक्षामा थप योगदान गर्दै संस्थाको उद्देश्यलाई प्रदेशभर विस्तार गर्ने विश्वास गरिएको छ ।
Facebook Comments