• १३ माघ २०८१, आइतवार
  • १३ °C काठमाडौं
थारु समुदायको परम्परा संरक्षणार्थ बाँसगढीमा निर्मित साँस्कृतिक केन्द्र उद्घाटन

विन्दु चौधरी, २५ मंसिर, बाँसगढी (बर्दिया) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । प्राचिन सिर्जनशिल आदिवासी समाज बर्दियाको नवनिर्मित थारु सांस्कृतिक केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय समुदायको भाषाको समाचार, कार्यक्रमको माध्यमबाट समुदायलाई सुुसुचित गर्ने मात्रै नभई पर्यटनको माध्यमबाट आर्थिक उन्नति गर्न थारु संस्कृति केन्द्र महत्वपूर्ण रहेको बताउनुभयो । 

लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले हरेक निकायबाट १३ प्रतिशत थारु समुदायका लागि छुटट्ै कोटा छटुयाएको बताउनु भयो । उहाँले प्रदेस सरकारले आफ्नो निति तथा कार्यक्रमा पिछडिएको वर्ग र सिमान्तकृत वर्गका लागि ब्यक्तिहरुको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले विशेष कार्यक्रम अगाडी बढाएको बताउनुभयो । थारु समुदायलाई लक्षितगर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने योजनाहरू अघि बढाइने बताउँदै यस्ता परियोजनाहरूलाई बजेट र नीति स्तरमा सहयोग पु¥याउने उहाँको प्रतिबद्धता छ । लैगिंक हिंसा विरुदको १६ दिने अभियान अव १६ दिन मात्रै नभएर ३६५ दिन महिला हिंसा अन्त्य गर्नुपर्ने बताउनुभयो ।

डेनमार्कका फ्लेमिङ ट्पसोय जसले थारु सांस्कृतिक केन्द्र भवन निर्माणमा आर्थिक सहयोग गर्नुभएको थियो । उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै उहाँले थारु समुदायको संस्कृति र परम्परालाई जोगाउन र परियोजनालाई सफल बनाएकोमा धन्यावाद ब्यक्त गर्नुभयो  । थारु समुदायको भाषा, संस्कृति, कला र परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको थारु सांस्कृतिक केन्द्रको उद्घाटन गरिएको छ । बाँसगढी नगरपालिका वाड नं ५ लक्ष्मणपुरमा अवस्थित केन्द्रको लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचायले उद्घाटन गर्नुभयो । बाँसगढी नगरपालिका ५ का टिकाराम पौडेलले एक कठ्टा १० धुर जग्गा दान गर्नुभएको थियो । 

त्यसैगरी प्राचिन सिर्जनशिल आदिवासी समाज बर्दियाको थारु सांस्कृतिक केन्द्रका लागि डेनमार्कका फ्लेमिङ ट्पसोय ५५ लाख, लुम्विनी प्रदेश सरकारले २० लाख, बाँसगढी नगरपालिकाले १५ लाख र प्राचिन सृजनशील आदिवासी समाजद्धारा २६ लाख गरी एक करोड १६ लाख रुपैयामा निर्माण सम्पन्न भएको संस्थाका अध्यक्ष सार्जने कामीले बताउनुभयो । भवनमा रेडियो गुर्वावा एफएम, थारु राष्ट्रिय पुस्तकालय समेत रहेको छ । कार्यक्रमा रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले उपस्थित पाहुनाहरुलाई सांस्कृतिक केन्द्रको मुल ढोकामा रहेको चित्रको ब्याख्यागर्दै प्राचिनले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । 

प्राचिनका अध्यक्ष सार्जने कामीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख इन्द्रिरा चौधरी, संस्थापक मेयर शालिकराम अधिकारी, इलाका प्रशासन, इकाला प्रहरी, उद्योग बाणिज्य संघ बाँसगढी अध्यक्ष बद्रिनाथ बराल, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा हुंडुंगवा, झररा, झोक्रा, पैया थारु नाच, परम्परागत ढमार, गन्ढर्भ समुदायको स्वागत गित र खानाका परिकार ढिक्री समेत रहेको थियो । उद्घाटन कार्यक्रमको संचालन रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गर्नुभएको थियो । भने स्वागत प्राचिनका उपाध्यक्ष रामलौटन चौधरीले गर्नुभएको थियो ।  

सम्बन्धित समाचार

Facebook Comments