• ७ फागुन २०८१, बुधवार
  • १९ °C काठमाडौं
लागु औषधसहित ३ जना पक्राउ

उदयपुर, ८ माघ। अबैध लागु औषधसहित ३ जना पक्राउ परेका छन । चौदण्डीगढी नगरपालिका–३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । उता, झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित पाँचथर फिदिम नगरपालिका–४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै, झापा गाउँपालिका–५ पन्थपडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम १५ मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएकोछ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments