लागुऔषध बारे सचेतपार्न सीमा क्षेत्रमा सडक नाटक
मुरली गोडिया, ८ माघ, बर्दिया । लागु औषध र्दुव्यसन नियन्त्रण तथा ओसारपसार न्युनिकरण र मानव बेचबिखन सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजना र गुलरिया नगरपालिकाको सहकार्यमा गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित गणेशपुरमा सोमबार सडक नाटक प्रदर्शन गरिएको हो ।
लागू औषध ओसारपसार तथा कारोबार न्युनिकरण गर्न जिल्ला सुरक्षा समितिले चाँसोका साथ अभियान चलाईरहेको छ । सडक नाटक मार्फत लागुऔषध नियन्त्रण तथा ओसार पसार न्युनिकरण र मानव बेचबिखन जस्ता अपराधिक कार्य नगर्न स्थानीय सर्वसाधारणलाई सचेत गराईएको हो । लागु औषधले निम्त्याउने समस्याहरु, कानुनी प्राबधान लगायतको जानकारी नाटक मार्फत प्रदर्शन गरिएको थियो । नाटक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा लगायतका कलाकारहरुले प्रस्तुत गर्नु भएको थियो ।
लागुऔषध समयमा न्युनिकरण गरिएन भने हाम्रा बाल बालिकालाई धेरै असर पु¥याउने गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले धारणा राख्नुभयो । लागु औषध न्युनिकरण सम्बन्धि जिल्ला सुरक्षा समितिले चलाएको तीन महिने अभियान प्रभावकारी भईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताउनु भयो । लागु औषधका सेवनकर्तालाई यस प्रकारको जनचेतनामुलक नाटकले निरुत्साहित गर्ने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गर्नुभयो । लागुऔषध न्युनिकरणको लागि सिमामा सुरक्षाकर्मी खटिरहेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेले बताउनु भएको छ ।
खुल्ला सिमानाका कारण विभिन्न बहाना गररी भारतीय बजार जाने लागुऔषध सेवन गर्ने र ल्याउने कार्य भईरहेको हुँदा अभिभावकले बाल बालिकालाइ निगरानी गर्नुपर्ने पाण्डेले धारणा राख्नुभयो । गणेशपुर लौकाही सिमानाबाट दैनिक धेरै मानिसहरु आवत जावत गर्ने र लागु औषधका हिसाबले कारोबार हुन सक्ने स्थान रोजेर यहाँको समुदायलाई लक्षित गरी सडक नाटकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुनाउनु भयो । नाटकले लागुऔषध सेवन गरेको व्यक्तिको वास्तविकतालाई जोडेर लागुऔषध सेवन गर्दा देखिन सक्ने लक्षण, असर, उसले गर्ने बानी व्यवहार देखाईएको उहाँको भनाई छ । शर्माका अनुसार लागु औषध न्युनिकरण गर्न यस्ता जनचेतनामुलक कार्यक्रम अन्य पालिका र समुदाय स्तरमा भईरहेको छ ।
Facebook Comments