• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
घरेलु हिंसाको पीडामा ज्यान गुमाउने दलित महिलाहरु बढ्दै 

दलबहादुर सुनार, ९ माघ, बढैयाताल (बर्दिया) । घरेलु हिंसा पीडित ८२ प्रतिशत दलित महिला मध्ये ८९ जना दलित महिलाको हत्या भएको छ । सञ्चार माध्यममा दलित महिलाको पहुँच अभिबृद्धिका लागि सञ्चारकर्मीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमा ८२ दशमलव २३ प्रतिशत दलित महिला घरेलु हिंसाको शिकार हुँदा ८९ जना दलित महिलाको हत्या भएको दलित महिला संघले जनाएको छ ।  

हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने मुल सन्देशका साथ बर्दियाको गुलरियामा भएको अन्तरक्रियामा नेपाल प्रहरीको प्रतिबेदन र फेडो नेपालको अध्यन बिश्लेषण प्रतिबेदनको आधारमा नेपालमा आ.ब ०८०÷०८१ मा घरेलु हिंसाका घटना मध्ये ८२ दशमलब २३ प्रतिशत दलित महिला पीडित भएको र सोही घटनाका कारण ८९ जना दलित महिलाले ज्यान गुमाएको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताउनु भएको छ   । 

नेपालमा बालबिवाह गर्नेको संख्यमा दलित बालबालिका धेरै, यौन हिंसाको शिकार तथा हत्या हुनेमा दलित बालिका, किशोरी र महिला धेरै, लैङ्गिक तथा घरेलु हिंसा पीडितमा दलित महिला धेरै भएको र लागुऔषध दुब्र्यसनीमा संलग्नमा पनि दलित बालक धेरै हुने गरेको बिभिन्न श्रोतहरु उल्लेख गरी  तथ्यांकका बारेमा जानकारी गराईएको छ । घटनाको प्रकृति एउटा हुने र जातका कारण फरक प्रकृतिको मुद्धा दर्ता हुने अवस्था रहेको बताईएको छ । 

नेपालको संबिधान र कानुन बमोजिम न्यायमा पहुँच अभिबृद्धि गर्न सबै सरोकार वालाको भुमिका महत्वपूर्ण हुनेमा अध्यक्ष सुनारले जोड दिनुभयो । जातिय तथा अन्य बिभेदका घटना हाम्रो समाजमा अझै पनि हुने गरेको तर बाहिर नआउने अवस्था रहेकोले समाजमा सकारात्मक परिवर्तन र रुपान्तरणमा सहयोग पुर्याउन राम्रो कार्यका लागि प्रोत्साहन र गलत कार्यको खबरदारी गर्न कलम चलाउनु पर्नेमा दलित महिला संघ बर्दियाकी अध्यक्ष सुनारको भनाई छ । 

बर्दियाका बिभिन्न मिडियामा क्रियाशिल पत्रकारहरु संग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले आफ्नो धारणाराख्दै आवाज विहिन र जनपक्षमा कलम चाउनु पत्रकारको कर्म र धर्म भएको बताउनु भयो । न्यायको पक्षमा समाचार सम्प्रेषण गर्ने बर्दियाका पत्रकारको तर्फबाट प्रतिबद्धता जनाउदै समाज रुपान्तरणका लागि समाचार लाई सकारात्मक गुरणस्तरीय बनाउन पत्रकारहरुको लेखन शिपमा सुधार गर्नु पर्नेमा अध्यक्ष घिमिरेले जोड दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments