• ७ फागुन २०८१, बुधवार
  • २० °C काठमाडौं
बढैयातालमा आयोजित फुटवल प्रतियोगिताको विजेता दिपज्योति मावि

दलबहादुर सुनार, ११ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न दोश्रो यू–१८ बिद्यालय स्तरीय मयुरकप फुटवल प्रतियोगितामा दिप ज्योति माध्यमिक विद्यालय बिजेता बनेको छ । बिद्यालय स्तरीय प्रतियोगिताकाको फाइनल खेलमा बिद्याज्योति माबिलाई पराजीतगर्दै दिपज्योति माबि डाँफे बिजेता बनेको छ । 

माघ ४ गते गते देखि १० गते सम्म मयुर यूवा क्लबको खेलमैदानमा सञ्चालन भएको फूटवल प्रतियोगिताको अन्तिम खेलमा बिद्याज्योति माबि कण्ठपुरलाई ट्राई बेकरमा २–३ गोल अन्तरले हराउदै  दिपज्योति उपाधी चुम्न सफल भएको छ । यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान  भन्ने मुल सन्देशका साथ मयुर यूवा क्लबको खेल मैदान नयाँ बस्तिमा भएको प्रतियोगिताको समापन तथा पुरस्कार एवंम् प्रमाण पत्र बितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले बिजेता, उपबिजेता र बिभिन्न बिदामा उत्कृष्ट खेलाडीलाई ट्रफ्री, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको छ । 

मयुर युवा क्लबका अध्यक्ष इश्वर रानाको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रतियोगिताको बिजेता हुनेलाई २५ हजार ५५५ रुपैयासहित शिल्ड, ट्रफ्री र प्रमाण पत्र प्रदान गरिएको छ । उप बिजेतालाई १५ हजार ५५५ रुपैया, ट्रफ्री र प्रमाण पत्र प्रदान गरिएको क्लबले जनाएको छ । फाइनल खेलमा दिप ज्योति माबिका प्रेम थापा क्षेत्री म्यान अफ द म्याच बन्न सफल भएका छन । त्यस्तै सर्वोत्कृष्ट खेलाडीमा बिद्या ज्योतिका अविनाश थारु उदयमान खेलाडीमा बिद्या ज्योतिकै समिर नेपाली, उत्कृष्ट मिड फिल्डरमा दिप ज्योतिका समिर सुनार, उत्कृष्ट फरवार्डमा बिद्या ज्योतिका सुमित पौडल घोषित भए । 

उत्कृष्ठ गोल रक्षकमा अबिषेक थारु घोषित भएको आयोजकले जनाएको छ ।  स्थानिय खेलाडीहरु लाई खेल प्रति प्रोत्साहित गर्दै नयाँ प्रतिभावान खेलाडीको पहिचान, अन्तर कप बिद्यालय स्तरीय समन्वय सहकार्य मित्रता र सद्भाबको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बढैयातालका २ वटा सस्थागत २ वटा ८ वटा सामुदायिक गरि १० वटा बिद्यालयले भाग लिएका थिए । प्रतियोगितालाई सभ्य र भब्य रुपमा सफल पार्नका लागि मुख्य प्रायोजकमा शाहन्ज कन्स्ट्रकशन प्रा.लि. बारबर्दिया रहेको थियो । 

स्थानिय उद्योगी ब्यबसायी, बिद्यालय, संघ सस्था, मयुर युवा क्लबका पुर्व खेलाडी लगाएतको सहयोग रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रममा प्रायोजक, सह प्रयोजक सहयोगी संघ सस्थालाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजक मयुर युवा क्लबका सम्शेर मल्लले बताउनु भयो । प्रतियोगिताको अन्तिम खेलमा मुख्य रेफ्रिको रुपमा बिबेश गुरुङ्ग, सहायक रेफ्रिमा मनिष खड्का र बिबेक थापा मगर थिए । प्रतियोगिताको उद्घाटन देखि समापन सम्मका कार्यक्रमको उद्घोषण हिकमत सुनारले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments