• ३ चैत २०८१, सोमवार
  • २६ °C काठमाडौं
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

चुरेकुञ्ज, २८ माघ, बर्दिया । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा बाट मानिस र लागुऔषध नियन्त्रणमा लिएको हो । 

पैदल यात्री जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ०८ घर भई हाल बाँसगढी नगरपालिका वडा नं. ०५ बस्ने वर्ष २५ को धर्मराज रोकायलाई शंकामानि चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकको पुडिया बनाई राखेको अवस्थामा शुद्ध तौल १ ग्राम ३१० मिलिग्राम (लागू औषध) ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनु भएको छ । 

मानिस र धुलो पदार्थ सहितको लागुऔषध ब्राउनसुगर रितपूर्वक नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट माघ २७ गते देखी लागु हुने गरि ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी घटना सम्बन्धमा थप अनुसंन्धान भैरहेको डीएसपी मगरले बताउनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments