बजेट अभावले बबई नदीमा तटबन्धको काम अधुरै
मुरली गोडिया, ४ फागुुन, बर्दिया । बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम अधुरै रहेको छ । काम गरेको पैसा नपाएपछि कामगर्दै आएका ठेकेदार कम्पनीले उक्त तटबन्धको काम अगाडी बढाउन नसकेका हुन ।
बजेट अभावकै कारण धेरै स्थानका तटबन्धको कार्य रोकिएको हो । नदीमा निर्माणाधीन तटबन्धको काम अधुरो भएपछि उच्च जोखिममा रहेको गाउँबस्ती र खेतीयोग्य जमिनमा कटान हुने जोखिम रहदै आएको बारबर्दिया नगरपालिका वडा नम्बर ७ की माता कुमारी परियारको दुःखेसो छ । वर्षायाममा बबईमा आउने बाढी र कटानले ठूलो धनजनको क्षती पु¥याउँदै आएको उहाँले बताउनु भयो । कुन कामलाई प्राथमिकतामा राख्नुपर्ने हो, कुन कामलाई राख्नुपर्ने होइन राज्य गम्भिर नरहेको उहाँको भनाई छ । राज्य गम्भिर नहुँदा बर्दियाको सदरमुकाम सहित अन्य पालिकामा बाढीको उच्च जोखिममा रहेको जनप्रतिनिधीहरु नै बताउने गरेका छन ।
सरकारले प्राथमिकता नहेरी कार्य गरि रहेको आरोप जनप्रतिनिधिको छ । देशको आर्थिक अवस्था निक्कै नाजुक भएको अवस्थामा सरकारले जनतामैत्रि कार्य गर्न नसकेकोले समस्या उत्पन्न भएको छ । यस विषयमा पटक पटक सदनमा कुरा उठाउँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको संघिय सांसद तथा पुर्व सिचाई मन्त्रि संजय कुमार गौतमले बताउनु भयो । बबई नदीको बाढीबाट गुलरिया लगायत पालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यले बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले गरेको काम अधुरै परेको हो । गुलरिया सदरमुकामलाई जोखिम हुने प्वाइन्टमा आव ०७७/०७८ मा ३ वटा टेन्डर भई कार्य संचालनमा रहेको छ ।
हाल ती कार्य सुचारु अवस्थामा रहे तापनि कार्य सम्पन्न गराउन करिब ९ करोड बजेट अभाव रहेको बताईएको छ । बजेट अभावले निर्माण व्यवसायीहरु थप बजेटको अवस्था हेरी कार्य प्रगति गरिने बबई भादा औरही नदी व्यवस्थापन आयोजना, बर्दियाका प्रमुख शिवजी शाहले जानकारी दिनु भयो । बबई नदीको राइट साईड मात्र पन्डितपुर देखि गौरीसम्मको २८ किलोमिटर बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले हेरेको चुरेकुञ्जलाई बताउनु भयो । आव ०७५/०७५ मा ३ अर्ब ९२ करोडको डिपिआर बनेको थियो । त्यसमध्ये पन्डितपुर एरियामा काम भईसकेको अवस्था छ । विगतका बाढीले बर्दियामा विगाहौं जमिन कटान गरेको छ । कैयो व्यक्तिको ज्यान समेत गएको अवस्था छ ।
Facebook Comments