• ३ चैत २०८१, सोमवार
  • २६ °C काठमाडौं
एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई वडाद्वारा कम्प्युटरबाट पुरस्कृत 

हरि गुरुङ, ६ फागुन, मधुवन (बर्दिया), बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ वडा कार्यालयले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान स्वरुप कम्प्युटरबाट पुरस्कृत गरेको छ । मधुवनको ३ नम्बर वडा बालकुमारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सबको अवसरमा कम्प्युटर हस्तान्तरण गरिएको छ ।

छात्रा तर्फ ३ दशमलव २० जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने मनिषा थारु र छात्र तर्फ ३ दशमलव २२ जिपिए ल्याउने चरित्र आचार्यलाई सम्मान स्वरुप कम्प्युटर प्रदान गरिएको वडा अध्यक्ष नारायण मल्लले जानकारी दिनुभयो । दुई जना विद्यार्थीलाई एक–एक सेट कम्प्युटर प्रदान गरिएको छ । 

सम्मान कार्यक्रम बोल्दै मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्लले वडाबाट छुट्याइएको बजेटले उत्कृष्ट नतिजा ल्याउने नानीबाबुहरुलाई पढाइमा केही सहज हुने भएकाले सम्मान स्वरुप कम्युटर प्रदान गरिएको बताउनु भयो । आजभोलि कम्प्युटर पनि शैक्षिक सामग्री भएकोले विद्यार्थीको पढाइमा थप सहजता र उत्साह बढोस भन्ने हेतुले सम्मान गरिएको उहाँको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments