• ३ माघ २०८२, शुक्रवार
  • ७ °C काठमाडौं
आँगनमा सरकार दैलोमा सेवा : मधुवन नगरप्रमुख भाट   

हरि गुरुङ, ६ फागुन, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले आँगनमा सरकार दैलोमा सेवा हुनुपर्ने बताउनु भएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित बालकुमारीमा महिला स्वास्थ्य स्वयमसेविका तथा अपाङ्गता भएका ब्यक्तीहरुलाई ३ नं वडा कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधनगर्दै नगरप्रमुख भाटले नागरिकको दैलोमै सेवा पुग्नुपर्ने बताउनु भएको छ । 

नेपाल सरकारको निति अनुसार लक्षित वर्गलाई विभिन्न सहयोगका गर्दै गर्दा मधुवन नगरपालिका वडा नं–३ बालकुमारीले महिला स्वास्थ्य स्वयमसेविका तथा अपाङ्गता भएका ब्यक्तीहरुलाई सम्मान गरेकोमा धन्यवाद दिदै फरक क्षमता भएका ब्यक्तित्वहरुलाई आआफ्नो क्षमता अनुसार समाजमा राम्रो काम गर्न अनुरोध गर्नुभयो । अपाङग मैत्री भवनहरु बनाउन आवश्यक रहेको उहाँको भनाई छ । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सरकारले सेवा सुबिधा दिन नसकेको बताउँदै स्वयं सेविकाहरुको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको स्मरण गराउनु भयो । 

मधुवन नगर सरकारले जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको स्विकारगर्दै आगामी दिनमा केही न केही सुबिधा बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयाो । नागरिकहरुलाई उचित सेवा सुबिधा र सम्मान गर्न प्रदेश र संघीय सरकारसङ्ग माग गर्ने बताउँदै समाजमा रहेका हरेक किसिमका सेवा दिए मात्र संघीयताको बास्तविकता झल्किने उहाँको भनाई छ । सम्मान कार्यक्रममा अपाङ्गता भएका ४३ जना र १० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको थियो । 

वडा नं–३ अन्तर्गत सुरक्षा निकायहरु सशस्त्र सिमा सुरक्षा वल (बिओपि) धनौरा, भग्रैया, प्रहरीचौकी धनौरा र प्रहरीचौकी कोठियाघाटलाई क्रमशः १५, १२, १३ र १० गरि ५० थान कुर्सी नगर प्रमुख भाट र वडाअध्यक्ष नारायण मल्लले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । सम्मान कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख, अतिथि  वडा सदस्य, विभिन्न राजनैतिक दल अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी समाजसेवी, महिला स्वास्थ्य स्वयमसेविका, अपाङ्गता भएका ब्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । वडा अध्यक्ष नारायण मल्लको सभापतित्वमा भएको सम्मान कार्यक्रम नेपाली कांग्रेस मधुवन नगरपालिका वडा नं–३ वडा सभापति टीका ठाण मगरले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments