• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
बिकासले मुहारफेर्दै राजापुर–गेरुवा भौराटापु 

केशव कोईराला, राजापुर । तराईकै बिकट मानिने बर्दियाको भौराटापु क्षेत्र (गेरुवा–राजापुर) मा पछिल्लो समय बिकासको गतिले तिब्रता पाएपछि स्थानीयहरु खुशी छन । भौराटापुको प्रवेशद्वार नेपालकै लामो कोठियाघाटको पुलको निर्माणसंगै सुरुवात भएको बिकास कार्यले तिव्रता पाएको छ । 


भौराटापु क्षेत्रमा अहिले बाटो–घाटो स्तरोन्नती तथा पक्की सडक, सिंचाइको प्रर्याप्तता, पुलपुलेसा, निमार्ण भएसँगैं सहज भएको अनुभुती हुन थालेको छ । अन्नको भण्डार समेत भनेर चिनीने यस क्षेत्रमा प्रर्याप्त मात्रामा धान उत्पादन हुन्छ । संरचनागत तिन तहको सरकार बनेसँगै स्थानिय, प्रदेश र संघ सरकारले पनी बिभिन्न बिकासे योजनाहरु पारिरहेका छन् । यहाँका जनताको आवश्यकता र यस क्षेत्रको बिकासका लागी आफू तम्तयार रहेको बर्दिया क्षेत्र नं २ का संघीय संसद लालबिर चौधरीको भनाई छ । यस क्षेत्रमा बिभिन्न बिकास भएसँगै पछिल्लो समय राजापुर रिङ रोड, सन्कट्टी टिकापुर पक्की पुल, अर्नहवा ताल, बुढीकुलो व्यवस्थापन, बुढीकुलो सिक्नीचर बृज, प्रदेस गौरवको राजापुर–राँझा सडक आयोजनाको काम सुरु गर्न प्रदेश सरकार लागी परेको छ । 


चालु आर्थिक बर्षवाट काम सुरु गर्नेगरी गौरवको आयोजना राजापुर राँझा सैजना घाटमा झोलुङ्गे पुल निमार्णसँगै बिभिन्न योजना सहित लुम्विनी प्रदेस भौतिक पूर्वाधार बिकास मंत्रालयको टोलीले एकिकृत बिकासका लागी स्थलगत अध्ययन अनुगमन शुरु गरेको छ । राजापुर–राँझा सडक निमार्ण भए यस क्षेत्रको उल्लेख्य बिकास हुने लुम्बिनी प्रदेसका भौतिक पूर्वाधार बिकास मंत्रालयका सचिव सुनिल पौडेलको बिश्वास छ । भौराटापु क्षेत्रको समग्र बिकासका निम्ती यहाँको आवश्यकता र सम्भावनाको अध्ययन आवश्यक छ । उहाँले भन्नुभयो सर्व प्रथम जनताको माग र यथोचित आवश्यकता बारे सतही अध्ययन जरुरी हुन्छ । तर कैयौं ठाउँमा राज्यको ध्यान जान सक्दैन । 


    पछिल्लो समय भौराक्षेत्रका बासिन्दा लुम्विनी प्रदेश भौतिक पूर्वाधार बिकास मंत्री पाएकोमा दंग छन् । अब यहाँको बिकासले पूर्णता पाउनेमा स्थानियहरु आशावादी देखिन्छन् । स्थानिय आशावादी भइरहँदा बिभिन्न नदीकुलाले समस्या पारेको ठाउँमा मंत्री आफै पुगेर काम गरिरहेको देखिन्छ । प्रदेस मंत्रालयमार्फतका योजनाहरुमा संघीय सरकारको निती अनुसार मंसिर भित्रै ठेक्का दिनेगरि काम अघि बढि रहेको र सोहि अनुरुप स्थलगत अध्ययन गरिरहेको भौतिक पूर्वाधार बिकास मंत्री धर्म बहादुर चौधरीको भनाई छ । 


    कर्णाली नदीका कारण बाढी र डुवानको समस्या झेल्दै आएका भौराटापु क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम समेत गरिरहेको छ । संघीय सरकारले समयमै बजेट निकासा गर्नेहो भने अवको केही बर्ष भित्रै सम्पूर्ण तटबन्धको काम सम्पन्न हुने आयोजनाको दाबी छ । पछिल्लो समय भारतिय सिमावर्ती क्षेत्रमा जंगली जनावरको आतंकले स्थानियको बाली नाली नष्ट गर्नुकासाथै मानविय क्षती हुने गरेको अवस्थामा यसको समेत दिगो समाधान खोज्न तिनै तहका सरकार जिम्मेवार बने भौंराक्षेत्रको मुहार बदलीने निश्चित रहेको स्थानियको बुझाई छ ।

सम्बन्धित समाचार

Facebook Comments