बढैयातालमा दोश्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पुरा
दलबहादुर सुनार, २२ फागुन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा फागुन २३ गतेदेखि सञ्चालन हुने दोश्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ७ कार्यालयको आयोजनाकम हुने वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ हुने प्रतियोगिताको उद्धघाटन खेल वडा नं ४ र वडा नं. ६ बिच शुक्रवार दिउँसो २ः० बजे बढैयाताल ८ स्थित नयाँबस्ती स्थित मयुर यूवा क्लबको खेलमैदानमा प्रतिस्पर्धा हुने बताईएको छ । फागुन २३ गते देखि शुरु हुने प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने खेल उपसमितिका संयोजक हिक्मत सुनारले बताउनु भयो । प्रतियोगिताको तालिका एवं टाईसिटका बारेमा जानकारी गराउँदै उहाँले दोश्रो बढैयाताल वडास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रष्ट्याउनु भयो ।
यूवाहरुको मानसिक तथा शारीरिक विकासमा योगदान पु¥र्याउदै उनीहरुलाई सिर्जनशीलता तर्फ प्रोत्साहितगर्दै नयाँ प्रतिभावान खेलाडीको पहिचानका साथै पालिका र वडालाई जिल्लामा पहिचान गराउने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष राधेश्याम थारुले जानकारी दिनु भएको छ । बढैयाताल गाउँपालिका वडा नं. ७ का अध्यक्ष थारुले फुटवल प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकोले पालिका स्तरिय अध्यक्ष कप तयारीको लागि पनि वडास्तरिय प्रतियोगिताको महत्व हुने बताउदै प्रतियोगितामा सबै वडाको सहभागिताको शुनिश्चित गर्न प्रबेश (इन्ट्रि)« शुल्क पालिकाले ब्यबस्था गरेको जनाउनु भयो ।
प्रतियोगितालाई सभ्य, भब्य र मर्यादित रुपमा सम्पन्न गर्न खेलमा भाग लिने सबै वडाका खेलाडीले पालना गर्नु पर्ने आचार संहिंताको जानकारी गराईएको छ । प्रतियोगिता प्रथम हुनेलाई रु २० हजार, द्धितिय हुने लाई रु १० हजार र बिदागत रुपमा उत्कृष्ठ हुने खेलाडीको लागि पनि आकर्षक पुरस्कारको ब्यबस्था गरिएको छ । ७ नं. वडा कार्यालयको आयोजनामा भएको पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य डिलमाया सुनार, महिला वडा सदस्य जिता शर्मा, वडा सदस्य भगाति चमार, वडा सचिब रण बहादुर राउत, उप समितिका उपसंयोजक बिर्ख बहादुर थापा, गोचाली युवा क्लबका अध्यक्ष सिद्धान्त थारु लगाएको सहभागीता थियो ।
Facebook Comments