महिला दिवसको अवसरमा महिला प्रधानाध्यापकसँगै शिक्षक सम्मानित
विन्दु चौधरी, २५ फागुन, बाँसगढी (बर्दिया) । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाले महिला प्राधानाध्यापक तथा शिक्षकहरुलाई सम्मान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।
“सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण“ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा पृथ्वी मावि लखनाकी तुल्सी काफ्ले, जनता मावि कुरुलेकी देवकुमारी डाँगी, बालमन्दिर आवि गुलरियाकी दया पौडेल, त्रिशक्ति मावि वमलपुरकी सावित्री आचार्य, तथा पान्चजन्य मावि पद्नाहकी शोभा आचार्यलाई सम्मान गरेको छ । त्यस्तै अन्य नेतृत्व तहमा पुग्न सफल महिला शिक्षक पूर्णहिरा मावि लक्ष्मनाकी गौरी सापकोटा सुवेदी र बालविकास शिक्षक मिना भण्डारीलाई पनि सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढी नगर समितिका सचिव करसिङ बुढाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिला दर्लामी मगर प्रथम, संगिता खनाल द्वितीय र कल्पना वली तृतीय स्थान हासिल गर्न सफल हुनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाका सहसचिव तेजुमाया बानियाँको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मावि बाँसगढीकी शिक्षक गिता देवकोटा, जिल्ला समिति बर्दियाका अध्यक्ष फणीन्द्र प्रसाद ढुंगाना लगायत विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments