• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
होली पर्वमा अवाञ्छनिय कृयाकलाप नगर्न प्रहरीको अनुरोध

पुरुषोत्तम खनाल, २७ फागुन, बर्दिया । रङ्गहरुको पर्व होलीलाई भव्य र सभ्य रुपमा मनाउन इलाका प्रहरी कार्यालय राजापुरले आग्रह गरेको छ । वसन्त ऋतुको बहारसँगै आउने रङ्गहरुको पर्व होलीले सबैमा आत्मियता, मेलमिलाप बढाउनु पर्ने भन्दै शान्त, सभ्य र भव्य रुपमा होली पर्व मनाउन आम नगरवासीमा अनुरोध गरिएको हो । 

होली पर्वमा जबर्जस्ती रङ दल्ने, लोला हान्ने, र होलीको नाममा कसैलाई दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही हुने भएकाले पनि सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रहगर्दै इच्छा विपरित काम भए गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले वताउनु भयो । होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल काम नगर्न डिएसपी बोहराको आग्रह छ । 

कसैमाथि इच्छा विपरित रङ दल्ने, लोला हान्ने काम भए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गर्नु भएको छ । जनताको जिउ, धनको सुरक्षा र शान्ति कायम गर्न सादा प्रहरी खटाईने, घुम्ती गस्ती गरिने भन्दै कानुन विपरीतका गतिविधि गर्ने, पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका काम नगर्न उहाँले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments