बढैयातालको वृद्ध सत्संग आश्रमलाई राहत सामाग्री हस्तान्तरण
विष्णु अधिकारी, २७ फागुन, बर्दिया । परिवारबाट एक्लो भएर जिवन यापन गरिरहनु भएका बृद्ध आमा बुवाहरुका लागि पोखरा थण्डर्स क्लबले करिब २ लाख बराबरको सामाग्री वितरण गरेको छ । बढैयाताल गाउँपालिका वडा नं. ८ स्थित पशुपति बजारमा रहेको पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समुहका अध्यक्ष दामोदर वास्तोलालाई हस्तान्तरण गरिएको छ ।
पोखरा थण्डर्स क्लबका सहायक प्रशिक्षक जनक के.सी. र टिम म्यानेजर घनश्याम थापाको पहलमा राहत सामाग्री वितरण गरिएको थियो । जेष्ठ नागरिक बृद्ध बुवा आमाहरुलाई वृद्ध सत्संग आश्रम आफ्नो जिवनको भोगाई र पिडा पोख्ने माध्यम बनेको छ । बृद्ध बुवा आमाहरु फुर्सदको समयमा तथा शनिवार र एकादशीका दिन भजन किर्तन गर्ने र सत्संगमा रमाउने थलोको रुपमा रहेको छ । घरबाट अपहेलित भई गास, बास र कपास नपाएर भौतारिन बाध्य हुनु भएका आमा बुवाहरुलाई सत्संग संस्थाले संरक्षण गरिरहेको अध्यक्ष दामोदर बास्तोलाले बताउनु भयो । प्राप्त सामाग्रीहरुको सहि ब्यवस्थापन गरि आश्रममा आश्रित आमा बुवाको मुहार हँसिलो पार्न सहयोग पु¥याउने संस्थाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नु भएको छ ।
सत्संग समितिलाई सामाग्री प्रदान गर्नका लागि भुमिका खेलेका युवा निर्माण व्यवसायी एवं निर्माण ब्यवसायी संघ बर्दियाका सचिव जगदीश अधिकारीले बृद्ध बुवा आमाहरु घरबाट अपहेलित भई बृद्धाश्रममा बसिरहेको पिडालाई बोध गरी अलिकति भएपनि सहजता प्रदान गर्नका लागि पशुपति शान्ति शिवालय सुदामा वृद्ध सत्संग समुहलाई सहयोग प्रदान गराउन भुमिका खेलेको बताउनु भयो । बृद्ध बुवा आमाहरु काम गर्न शारिरीक रुपमा नसक्ने भएकाले यस आश्रमलाई केहि भएपनि सहयोग पु¥याउनका लागि सहयोग गर्ने संस्था प्रति अधिकारीले धन्यवाद दिनु भएको छ ।
पोखरा थन्डर्स क्लबले जुन ठाउँमा कुनै बस्तु सहयोग गर्दा त्यसको अपनत्व बढ्छ त्यस्ता ठाउँमा सहयोग गर्दा मनमा शान्ति मिल्ने भएकाले बृद्धाश्रमहरुमा नै राहत सामाग्री वितरण गर्ने गरेको प्रशिक्षक जनक के.सीले बताउनु भयो । राहत सामाग्री अन्र्तगत कम्बल, कार्पेट, चामल, तेल, नुन, सोयाबिन लगाएतको करिब २ लाख बराबरको सामाग्री रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, निर्माण ब्यवसायी संघ बर्दियाका बरिष्ठ उपाध्यक्ष विमल के.सी., सचिव प्रकाश श्रेष्ठ लगाएत स्थानीय जेष्ठ नागरिकहरु सहभागी हुनुहुन्थ्यो ।
Facebook Comments