• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
बढैयाताल दोस्रो वडा अध्यक्ष कपको फाइनलमा वडा नम्बर २ विजयी  

दल बहादुर  सुनार, २७ फागुन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा संचालित दोस्रो वडा अध्यक्ष कपको विजयी वडा नम्बर २ भएको  छ । फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा न. २ ले वडा न. ८ लाई ट्राइबेकरमा हराउँदै विजयी भएको हो ।

मयुर युवा क्लबको खेल मैदान नयाँवस्तिमा फागुन २३ गते देखि संचालन भएको प्रतियोगिताको फाइनल खेलमा ट्राइबेकरमा वडा न. २ ले वडा न ८ लाई ३ गोलको विरुद्ध ४ गोलगर्दै प्रतियोगितामा  विजयी बनेको छ । बढैयाताल गाउँपालिका वडा न. ७ को आयोजनामा भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा विजेता हुने टीमलाई नगद रु २० हजार र उपविजेता हुने टीमलाई नगद १० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम बढैयाताल गाउँपालिका वडा न. ७ का अध्यक्षको अध्यक्षता तथा पालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको प्रमुख आतिथ्यतामा भएको  प्रतियोगिता संचालन उप समितिका संयोजक हिकमत सुनारले जानकारी दिनुभयो । मंगलबार भएको  फाइनल खेलको सर्वोत्कृष्ट खेलाडी वडा  न २ का क्याप्टेन आशिष ओलि घोषित भए । 

नगद ५ हजार पाँच सय रुपैया पुरस्कार प्रदान गरिएको छ । यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डरमा वडा न. ८ का श्रीकृष्ण थापा, उदयमान खेलाडीमा वडा न. ७ का अबिनाश थारु, उत्कृष्ट गोल रक्षकमा वडा न. ८ का शिशिर रावत, धेरै गोलकर्तामा वडा न. ८ का शेरबहादुर जि.सि र उत्कृष्ट मिड फिल्डरमा वडा न. २ का सुशील श्रेष्ठ छ्नोट भएको जिल्ला फुटबल रेफ्री संघका बिबेश गुरुङले जानकारी दिनुभयो । 

बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष एवम पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी कुमारी अधिकारीले बिजेता र उपबिजेता हुने टीम लगायत सबै बिदामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गर्नु भएको छ । फाइनलका मुख्य रेफ्रीको रुपमा शिव प्रसाद अधिकारी, सहायक रेफ्रीमा राजु थारु र चित्र बहादुर खड्काले प्रतियोगिता संचालन गर्नु भएको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments