नेपाल विद्यार्थी संघबाट स्ववियु विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र
विन्दु चौधरी, ३१ चैत्र, बर्दिया । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा प्रमाणपत्र वितरण गरिएको छ । नेविसंघका जिल्ला सभापति असिम विक्रम शाहको अध्यक्षतामा बर्दियाको गुलरियामा आयोजित कार्यक्रममा बधाईसँगै प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठौर रहनु भएको थियो । कार्यक्रममा संघीय सांसद जाबेदा खातुन, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, नेपाली कांग्रेस बर्दियाका वरिष्ठ नेताहरु, बिभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । नवनिर्वाचित स्ववियु पदाधिकारीहरुलाई प्रमाणपत्र वितरणगर्दै प्रमुख अतिथि राठौरले युवा नेतृत्वलाई सशक्त बनाउन विद्यार्थी राजनीति आवश्यक रहेको बताउनु भयो ।
लोकतन्त्रको संरक्षण र समृद्ध नेपालको निर्माणमा युवाको अग्रणी भूमिका हुनुपर्नेमा उहाँको जोड थियो । नेविसंघ बर्दियाका उपसभापति राजसिंह थारुले कार्यक्रम संचालन गर्नुभएको थियो । बर्दियामा १० वटा बहुमुखी क्याम्पसमध्ये ५ वटा क्याम्पसमा स्ववियु सभापति र ३ वटा क्याम्पसमा उपसभापति सहित नेविसंघ बनाउन सफल भएको र नेविसंघ बर्दियाको संगठन सुदृढ बनाउने तथा विद्यार्थी राजनीतिमा युवाहरुको सहभागिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
Facebook Comments