बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गौतमको सम्पर्क कार्यालय उद्घाटन
चुरेकुञ्ज, १ बैशाख, बर्दिया । नेपाल काँग्रेसका केन्द्रिय सदस्य एवम् बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य संजयकुमार गौतमको बर्दिया स्थित गुलरियामा सम्पर्क कार्यालय उद्घाटन भएको छ । आफ्नो क्षेत्रको विकास निर्माण एवम् गुनासो सुन्दै नागरिकहरुको समस्या समाधान गर्ने उद्देश्यले नयाँ बर्षको अवसर पारेर कार्यालय संचालनमा ल्याईएको छ ।
कार्यालय समुदघाटन कार्यक्रममा बोल्दै सांसद गौतमले आफ्ना क्षेत्रका नागरिकहरुको गुनासो वा कुनै समस्या भए सम्पर्क कार्यालयमा पुगी जानकारी गराउन अनुरोध गरे । सम्पर्क कार्यालय मार्फत निर्वाचनका पूरा नभएका बाचाहरु सम्पन्न गर्न सहज हुने विस्वास ब्यक्तगर्दै उनले भने, कार्यालयमा एक जना कर्मचारी रही रहने भएकाले सानोभन्दा सानो समस्या पनि कार्यालयमा नहिच्किचाई जानकारी गराउन म आग्रह गर्छु । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
बर्दियामा तिन पटक संसद बनेपनि अहिलेको अवस्थामा पार्टीको जिल्ला समितिसँगको सहकार्यमा कमी आएको महशुस भएपछि कार्यालय संचालन गर्न बाध्य हुनु परेको उनको भनाई छ । पार्टीमा भएका आन्तरिक घटना क्रमले नागरिकमा निरासा बढ्न सक्ने त्रासले पार्टीको केन्द्रिय समिति र संसदीय समितिमा समन्वयात्मक भूमिका बृद्धिगर्दै नेता तथा कार्यकर्ताहरुको निरासा चिर्न सम्पर्क कार्यालय कोढेढुँगा सावित हुने नेता गौतमको दाबी छ ।
कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता विद्या प्रसाद खनालले सांसदले सम्पर्क कार्यालय खोल्न पाउने प्रावधान अनुसार संचालनमा ल्याईएको प्रतिनिधि सभा सदस्य माननिय गौतमको सम्पर्क कार्यालयबाट बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ का नागरिकहरुको गुनासो एवम् समस्या सम्बोधन गर्न मद्दत पुग्ने विस्वास ब्यक्त गरे । नेपाली काँग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेस सभा (ख) का सभापति विरबहादुर चौधरीको सभापतित्वमा सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम पार्टीका लुम्विनी प्रदेश सदस्य भेषराज पौडेलले सञ्चालन गरेका थिए ।
Facebook Comments