• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
सामाजिक विकृति प्रति सचेत हुन राजापुर प्रहरीको अनुरोध

पुरुषोत्तम खनाल, ९ बैशाख, बर्दिया । बर्दियाको भौरा क्षेत्रमा बढ्दो सामाजिक विकृति प्रति सचेत हुन आग्रह गरिएको छ । पछिल्लो समय राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सामाजिक विकृतिका घटनाहरु बढ्दै गएको भन्दै सचेत र सुरक्षित हुन आम भौरावासीलाई इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले अनुरोध गर्नु भएको हो । 
विशेष गरी किशोरावस्थाका बालबालिका झैझगडा, चोरी डकैति, लागुपदार्थ दूव्र्यसनी, सडक दुर्घटना जस्ता घटनामा पर्ने भएकाले विशेष गरी अभिभावक, समाजका बरघर, बुद्धिजीवि, समाजसेवी चनाखो हुनु पर्ने डिएसपी बोहराको भनाई छ । भर्खरै कक्षा १० को परीक्षा सकिएकोले बालबालिका बरालिने कुलतमा लाग्ने डर हुन्छ त्यसैले सिर्जनशील काममा लगाउनु पर्ने, कम्प्युटर सिक्नु पर्ने, घरायसी काम सिकाउनु पर्ने अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विव्यस अध्यक्ष राजकुमार उपाध्यायले वताउनु भयो । 

आजभोली बालबालिकामा नैतिक ज्ञानको कमी हुदै गएको भन्दै उनीहरुको भविष्य सुरक्षित र संस्कारयुक्त बनाउन सके मात्रै जीवन सफल हुने गेरुवा गाउँपालिका वडा नं. ६ मनाउ नौरङ्गाका शिक्षाप्रेमी तथा समाजसेवी कुमार लामिछानेले वताउनु भयो । छोराछोरी नै सम्पत्ति भएकाले उनीहरुलाई असल बनाउनु नै सबै अभिभावकको जिम्मेवारी र कर्तव्य भएकाले सचेत रहन समेत सबै अभिभावकहरुलाई लामिछानेले आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments