• ३ माघ २०८२, शुक्रवार
  • ७ °C काठमाडौं
असिनापानीले मधुवनका किसानलाई दिएको चोट 

हरि गुरुङ, ३१ बैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगर पालिकामा एक साता अघि साँझ परेको असिनापानीले डेढ करोड बराबरको खेतीवाली क्षती गरेपछि किसान मारमा परेका छन । असिनाका कारण हिउँदे बाली, बसन्ते मकै र तरकारी खेतीमा पुर्ण क्षति पु¥याएको छ । 

प्राकृतिक विपत्तिले लाखौंको लगानीमा लगाइएका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू मारमा परेका हुन । तरकारी खेती र बसन्ते मकै खेतीमा करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । मधुवन नगरपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ मा गरि लगभग १ सय विगाहा खेतबारीमा लगाइएको काक्रो, फर्सी, बोडी, घिरौंला लगायतका लहरेवाली तथा बसन्ते मकै पूर्ण रूपमा क्षति पुगेको मधुवन नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले वताउनु भएको छ । असिनाले क्षती पुर्याएको तरकारी बाली र बसन्ते मकैमा उत्पादन शुन्य रहने गरि नष्ट भएको छ । 

असिनापानीले बसन्ते मकै, खुर्सानी ड्राईगन फ्रुटहरुमा पुर्ण क्षती पुर्याएको छ । लाखौ रुपैयाँ ऋृण लिएर गरिएको कृषि कर्ममा मौसम नत सरकारले नै साथ दिएको स्थानिय कृषक चित्रबहादुर लामिछानेले दुःखेसो पोख्नुभयो । प्राकृतिक विपत्तिले न त रुन सकिएको छ, न त हाँस्न नै । कृषिमा भएको प्राकृतिक क्षतीले विदेश पलायन हुने अवस्था आउँन सक्ने स्थानिय अर्का कृषक सृजना चौधरी बताउनु हुन्छ । ऋण तिर्न सकस हुने अवस्था आएको उहाँको भनाई छ ।

अविरल असिनाले लगाएको बाली नष्ट हुँदा साह्रै चित्त दुखेको स्थानिय कृषक धर्म प्रसाद पन्थ बताउनु हुन्छ । यस्तो विपतको समयमा समेत नगर पालिकाबाट किसानको घरदैलोमा कोहि पनि सोधपुछका लागि न पुगेकोभन्दै उहाँले दुःखेसो पोख्नुभयो । बर्दिया जिल्ला अन्न भण्डारको रूपमा परिचित छ । तर अन्न उत्पादन गर्ने किसानहरू मारमा पर्दा दुखेसो सुनिदिने कोहि छैन । किसानहरुलाई राहत तथा क्षतिपूर्ति दिन तत्काल संघीय, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने स्थानिय किसानको माग छ ।

सम्बन्धित समाचार

Facebook Comments