बातावरण दिवसको अवसर पारेर राजापुरमा बाढीपूर्व कृतिम घटना अभ्यास
केशव कोईराला, २२ जेठ, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाको आयोजना तथा साझेदार सस्थाहरुको समन्वयमा ५३ औं विश्व बाताबरण दिवसको अबसरमा राजापुरका बिभिन्न वडामा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । प्राकृतिक विपदका बेला नागरिकलाई मजवुद सुरक्षा प्रदान गर्न वाढीपूर्व अभ्यास गरिएको छ ।
बाढी पूर्वको कृत्रिम घटना अभ्यासमा बाढिको समयमा कसरी सुरक्षीत हुने क्षति भएमा कसरी समाधान गर्ने भन्नेबारे अभ्यास गरिएको स्थानीय आपतकालीन कार्यसन्चालन केन्द्र राजापुरका फोकल पर्सन खुशी राम चौधरीले जानकारी दिनु भयो । उहाँले वर्षा नजिकिँदै गएकाले जिल्लामा बाढी र डुबानजस्तो विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न यो बाढी कृत्रिम घटना अभ्यास गरेर सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरूप कर्णाली नदी तटिय क्षेत्रका बस्तिमा विपद्को कृत्रिम घटना अभ्यास गरिँदै आएको छ । समितिका संयोजक तथा नगर प्रमुख थारुले कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरूको क्षमता वृद्धि हुने भएकोले कमी कमजोरीलाई सुधार गर्न मिल्ने हुँदा अतिनै राम्रो कार्य भएको बताउनुभयो । नदी तटिय क्षेत्रमा रहेका गाउँबस्तीहरु बाढीको बढी जोखिममा रहेको छ ।
बाढी विपद्को बेलामा बाढीपूर्व कृत्रिम अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोगगर्दै आएको छ । अभ्यासमा साझेदार संस्था प्राक्टिकल एक्सन बिग्रुप, कमैया महिला जागरण समाज, थारु महिला उथान्न केन्द्र, एक्सन एड, बाँके युनेस्को क्लब, प्लान ईन्टरनेश्नल नेपाल, एल डब्लु एफ, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत स्वास्थ्यकर्र्मीहरुको सहभागिता थियो ।
Facebook Comments