राजापुरमा असल अभिभावक शिक्षा
केशव कोईराला, २४ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ मा अवस्थित किसान माध्यमिक विद्यालय बदालपुरले देशकै उत्कृष्ट विद्यालय बन्ने लक्ष्यसहित ‘असल अभिभावक शिक्षा कार्यक्रम’ सम्पन्न गरेको छ । युनिक नेपाल बर्दिया र किसान माविको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अभिभावकहरूलाई प्रेरणादायी प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञवालीले अभिभावकहरूको भूमिकालाई सकारात्मक, सचेत र सक्रिय बनाउँदै सन्तानको शैक्षिक तथा नैतिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवं सामाजिक विकास संयोजक रमेश दहितले विद्यालयमा सिकाइको स्तर सुधारिँदै गएको उल्लेख गर्दै सबै अभिभावकले संस्कारी सन्तान निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“ज्ञान अत्यन्तै उपलब्धिमूलक थियो । यस्ता कार्यक्रमले समुदायमा शिक्षा प्रतिको लगाव थप बढाउँछ,” उहाँले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक देबिलाल अधिकारीले किसान माविमा बिना शुल्क आवासीय सुविधा बोर्डिङ्ग स्कुल सरह रहेको र विद्यार्र्थीहरू अनुशासित तथा नियमित रूपमा अध्ययनमा संलग्न भएको जानकारी दिनुभयो ।
उहाँले किसान माविलाई देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित समर्पित भावनाका साथ अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हेलुराम चौधरी, शिक्षक, अभिभावक, स्थानीय अगुवा र विभिन्न संस्थाका प्रतिनिधिहरूको समेतको सहभागीता थियो ।
११ °C काठमाडौं
Facebook Comments